लेङ्गगिक हिसाँ विरुद्ध थारुचाेकमा जितिया  विशेष सास्कृतिक कार्यक्रम ।थारु पाेर्टल

Spread the love

असोज ।३ ।कानेपाेखरी

विद्यानन्द  चाैधरी

माेरङ्गकाे  कानेपाेखरी गाउँपालिका वडा नं २ थारुचाेकमा लेङ्गगिक हिसाँ विरुद्ध जितिया  विशेष सास्कृतिक कार्यक्रम    थारु जागरण सेवा क्लवकाे आयाेजनामा सम्पन्न  भएकाे छ । २०७९ को जितिया पर्वमा खरजितिया परेकाे हुनाले थारुचाेकमा जितमहान भगवानकाे मुर्ती तथा पोखरी बनाई पूजाअर्चना जित महानकाे कथा भन्दै नयाँ विवाहित तथा पुरना वर्तालुहरुले  पर्वको विधि पूर्वक समपन्न गरेको छ ।

कार्यक्रममा कानेपाेखरी गाउँपालिका अध्यक्ष राजमित इङ्गनामकाे प्रमुख  आतिथ्यता रहेकाे थियाे भने विशिष्ट अथितिमा कानेपाेखरी गाउँपालिका उपाध्यक्ष भाेला अधिकारीकाे रहेकाे थियाे भने अथितिहरुमा वडाका वडा अध्यक्षहरु संघ संस्थाका पदाधिकारी वडा सदस्य तथा राजनिति दलका प्रतिनिधिहरु पत्रकार लगायतकाे आथितियता रहेकाे थियाे ।

पूजा विधिलाई उजागर गर्दै मौलिक परम्परा र विधिमा आधारित कार्यक्रमले व्रातालु महिलाहरु खरजितिया सुइध व्रत सफल भएको अनुभव गरेका छन् । सन्तान सुख समृद्धिकालागि विधि पूर्वक कथा वाचन र पूजागर्दै कथा श्रवणले व्रत बसेको अवस्थामा मनाेकामना पुरा हुने वर्तालु महिलाहरु बताउछन ।जितियाको धार्मिक कर्म अनुसार कार्यक्रम गर्दा र सहभागी हुन पाउँदा व्रत सफल हुने बिश्वस्त रहेको बताउँनु भयो ।

कार्यक्रम पानसमा दीप प्रज्वलन गरेर समुदघाटन भएकाे थियाे भने प्रमुख अथिति राजमित इङ्गनाम याे तिज जस्तै वर्तहाे तर तिजमा पानी खान्छ याे जितयामा तपाईहरु पनी पानी खानु अव पुराना परम्परालाई केही सुधार्नु पर्छ  आफ्नाे सरिरकाे ख्यालगरेर वर्त वस्दा राम्राे हुन्छ ।विरामीभइ भइ वर्त बस्नु  राम्राे हैन भन्नै कुराकाे जाेड दिनु भयाे ।

कार्यक्रमा थारु सास्कृतिक नाच सेलाे नाच तथा सुजन ढकालकाे कमेडि प्रस्तुत भएकाे थियाे जसमा ३ हजार दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।‌औपचारीक ‍‌‌‍‌कार्यक्रम विद्यानन्द चाैधरीले संचालन गरेकाे थियाे भने अनाैपचारीक कार्यक्रम  सनम  र राज कुमारीकाे धमाकेदार संचालन रहेकाे थियाे ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *