आयाेजक सुर्य स्पोटिङ क्लबले चुम्याे पदक ।थारु पाेर्टल

Spread the love
बाबुराम मुडियारी
ग्रामथान /असोज ९
मोरङको सूय॔ स्पोटिङ क्लव ग्रामथान झोराहाट झङडाईटोलको आयोजनामा संञ्चालित नक आऊट फुटबल प्रतियोगिता को फाइनल खेलमा आयोजक सूय॔ स्पोटिङ क्लब र सारेथोकी क्लव तनबुना सुनसरी बिचको खेलमा सूय॔ स्पोटिङ क्लव विजयी भएको छ।
खेलमा आयोजक सूय॔ स्पोटिङ क्लब का राजेश उराँवको १ गोल गरेका थिए र त्यही गोल नै निर्णायक गोल भई विजयी भएको हो।  फाईनल खेलका प्रमुख अथिती ग्रामथान गा.पा.वडा नं २का वडा अध्यक्ष यादव खतिवडाको प्रमुख आथित्यतामा विजेता तथा उप विजेता र उत्कृष्ट खेलाडी लगाएत लाई शिल्ड मेडल प्रमाण पत्र तथा विजेता लाई नगद १५ हजार र उप विजेता लाई १०हजार वितरण गरेका थिए।नकआउट फुटबल प्रतियोगीतामा उराँव, मुडियारी,संथाल,खडियारी जातीका खेलाडीहरूले मात्र खेलन पाऊने नियम आयोजकले बनाई खेल खेलाएक थिए भने मोरङ ,सुनसरीका १२ टिमको सहभागीता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *