असोज -१६/पथरी शनिश्चरे ,

पथरी शनिश्चरे नगरपालिका वडा नंम्बर १ ले पूर्व-पश्चिम महेन्द्र राजमार्ग सरसफाई गरिएको छ। वडा नं १ का वडाध्यक्ष भीम कुमार राईको अगुवाइमा नगरभित्र रहेका विभिन्न सरसफाईसंग सम्वन्धित सरोकारवाला तथा संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता सरसफाई गरिएको हो। ईलाका प्रहरी कार्यालय पथरीका प्रहरीहरू तथा ट्राफ़िक प्रहरी कार्यलयका प्रहरी प्रतिनिधिहरु ,नगर प्रहरी,राजनितिक दलका नेता तथा कार्यकर्ताहरु ,बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु , स्थानीय पत्रकारहरू , वडा सदस्य जनप्रतिनिधिहरु लगायतको उत्साहजनक सहभागिता रहेको थियो।

अभियानका क्रममा डेंगु रोकथाम गर्ने उद्देश्यका साथ लामखुट्टे बस्न सक्ने र फूल पार्ने सम्भावित स्थानहरू जस्तै; पानी जमेको खाल्डाखुल्डी, टायर, ट्यूब, बोतल,आदि समेत नष्ट गर्दै उक्त राजमार्गको दायाँबायाँ सरसफाई अभियान संचालन गरिएको वडाध्यक्ष भीम कुमार राईले जनाउनु भयो।