असाेज।१७।कानेपाेखरी
विद्यानन्द चाैधरी
माेरङ्गकाे कानेपाेखरी वडा नं ६मा स्थापित कानेपाेखरी आई टि एफ टेक्वान्डाे डाेजाङ्गले वडा दशै ,शुभ दीपावली तथा छठ पर्वकाे अवसरमा असाेज १६गते जनसेवा मावीकाे प्राङ्गणमा एक औपचारीक कार्यक्रम गरेर शुभकामना आदा प्रदान कार्यक्रकाे आयाेजना गरेकाे थियाे ।
कानेपाेखरीमा छाेटाे समयमा निकै चर्चा बटुल्न सफल कानेपाेखरी आई टि एफले हालै प्रदेश स्तरिय खेलकाे समेत आयाेजना गरेर कानेपाेखरीमा छुटै पहिचान वनाउन सफल भएकाे छ भने खेलकाे माध्यबाट खेलाडिहरुलाई सरिर फुर्ती तथा कुलतमा न लाग्नु वा आत्म रक्षाकाे लागी कानेपाेखरीमा याे खेल सुरु गरेकाे र अहिले वडा न ६ वडा न ७ र वडा नं २ काे वाल संसार ईङ्गलिस स्कुल र वडा नं ३ मा गरी जम्मा ४वटा वडामा खेल संचालन भइरहेकाे जानकारी अध्यक्ष गुरु युवराज भुजेलले दिनुभयाे ।
पहिले यस्ताे खेलहरु थिएन तर आज भाेली जस्ताे पनी खेलहरु इच्छा अनुसारकाे खेल्न पाईरहेकाे र खेलकाे लागी स्थानिय सरकार सधै साथमा रहने कार्यक्रमकाे प्रमुख आथिति राजमति इङ्गनामले शुभकामना दिदै आफ्ना भनाई राखेकी थिइन ।भरखरै कानेपाेखरीबाट पाेखरामा हुने राष्टिय खेलकाे लागी ईन्दिरा थापा छनाेट भएकी छिन र उनीलाई कानेपाेखरीकाे तर्फबाट बधाई तथा शुभकामना दिदै कानेपाेखरीकाे गाैरवकाे रुपमा लिदै जितकाे शुभकामना समेत दिनुभयाे । कार्यक्रममा १सय २०जना खेलाडिहरुकाे सहभागिता रहेकाे थियाे । पालै पाले अथितिहरुले शुभकामना दिदै आ आफ्ना भनाई राखेका थिए ।
उक्त कार्यक्रम कानेपाेखरी आई टि एफ टेक्वान्डाे डाेजाङ्गकाे माेरङ्ग जिल्ला अध्यक्ष तथा कानेपाेखरीका मुख्य प्रशिक्षक गुरु युवराज भुजेलकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने गाउँपालिका अध्यक्ष राजमति इङ्गनामकाे प्रमुख आथितियता रहेकाे कार्यक्रममा वडा नं ६का वडा अध्यक्ष खडग वस्नेत रमाइलाे युवा परिवारका अध्यक्ष नविन पाैडेल एविन पाठक पत्रकार दिनश सुब्बा सनम राेक्का लगायतकाे अथिति रहेकाे थियाे । कार्यक्रम राजकुमारी तामाङ्गकाे संचालन रहेकाे थियाे ।