कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङकी इन्दिरा थापा राष्ट्रिय खेल खेल्दै ।थारु पाेर्टल

Spread the love

असोज १७ । कानेपोखरी,

मोरङको कानेपोखरीमा  छोटो समयमै  नाम कमाएकाे कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङबाट एकमात्र खेलाडी इन्दिरा थापा राष्ट्रिय खेलकाे लागी  छनोट भएकी छिन ।(४५-५०) तौल समूह अन्तर्गतको आइटिएफ महिला खेलाडीको रुपमा प्रतिस्पर्धा गर्न थापा राष्ट्रिय खेलमा छनोट भएकी हुन ।

सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कानेपोखरीबाट आइटिएफ अन्तर्गत पहिलोपटक राष्ट्रिय खेलकुदमा  छनोटमा पर्न सफल इन्दिरा जिल्ला र प्रदेशमा प्रथम हुँदै राष्ट्रिय खेलकाे लागी छनोट भएकाे जानकारी कानेपोखरी आइटिएफका अध्यक्ष युवराज भुजेलले बताए । उनने भने, ‘मोरङ जिल्लाबाट आइटिएफ खेलका लागि ७ जनाले सहभागीता जनाउदैँछ्न’ ।

यस प्रतियोगितामा ३ हजार छ सय ८५ महिलासहित ७ हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेलमा प्रतिस्पर्धा गर्नेछन् । फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबलटेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएको छ। यस्तै हयाण्डबल, जुडो, कुस्ती, फुटबल, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ खेलहरु पनि समावेश रहेका छ्न ।

आइतबार कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङले आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रममा खेलाडी इन्दिरा थापालालाई सफलताको शुभकामना साथै छनोटमा पर्न सफल भएकोमा बधाई दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *