असाेज। १७

माेरङकाे प्रसिद्ध धार्मिक स्थलकाे रुपमा चिरपरित संन्सारी माई मंन्दिरमा प्रदेश स्तरीय फुलपातीका वडाई कार्यक्रम सम्पन्न भएको छ ।
रंगेली वार्ड नम्वर ७ मा रहेको सो मन्दीरमा प्रदेश नम्वर १ सरकारले तीन बर्ष अगाडि विजया दशमीको फुलपातीका दिन प्रदेश स्तरिय वडाई गर्ने निर्णय गरेपछि फुलपाती वडाइका लागी मन्दीर व्यवस्थापन समितिले फुलपाती बडाई कार्यक्रम सम्पन्न गरेको छ । मन्दिरमा प्रदेश सरकाका मुख्यमंत्री राजेन्द्र कुमार राई , प्रयटन मंन्त्रि खिनाे लिम्बू , स्वास्थ्य मंन्त्र जयराम यादव, नगरप्रमुख दिलिप बगडिया, उपमेयर भुमा पराजुली , संन्सारी माई मंन्दिरका अध्यक्ष सन्जिव श्रेष्ठ विभिन्न संस्थाका प्रतिनिधि , विभिन्न भेषभुषा सहितकाे झाकी, लाखे नाच , दमाई बाजा, लगायतकाे सहभागी समेत रहेको थियोे ।

संन्सारी माई मन्दिर बाट डाेली सहित फुलपाति लिएर रंगेली ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय नजिकैमा रहेकाे बेलकाे रुखमुनी बिधिवत पुजा गरेर उक्त रुखमा रहेकाे जाेडि बेलमा पुजापाठ गरेर रुखाम लिस्नाेकाे माध्यमबाट बेल काटेपछि बिधिवत रुपमा फुलपाती भित्र्याएकाे हाे । साेहि क्रममा रंगेली नगरपालिकाले रंगेलीकाे मुख्य बजारमा रहेकाे काली मंन्दिरमा समेत फुलपाती बडाई कार्यक्रम सम्पन भएकाे छ । फुलपाती बडाईमा रंगेली , सुनवर्सि, रतुवामाई , धनपालथान र कानेपाेखरी गाउपालीका लगायत भारत बाट समेत भक्त जनहरुकाे सहभागीता रहेकाे थियोे ।

प्रदेश नम्बर १ कै मुख्य शक्तिपीठको रुपमा रहेको सो मन्दिर दर्शन गर्नेका लागी नेपालमात्र नभई भारतका बिभिन्न ठाउँबाट समेत ठुलो सहभागिता हुदै आएको छ । प्रदेश १ को राजधानी विराटनगर देखी २२ कीलोमिटर पुर्व चिसांग खोलाको किनारमा रहेको मन्दीरमा घटस्थापनादेखी विजया दशमीको टिका सम्म भव्य पुजापाठ तथा भजन कृतनको समेत आयोजना हुने गरेको छ । नवरात्र भरी १० दिन सम्म मन्दीर भित्र दुइदर्जन व्राहम्णहरुले चन्डि पाठ परायण समेत गर्ने गर्देछन । झण्डै एकसयवर्ष पुरानो सो मन्दिरलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थीत वनाए पछी विगत १२ वर्षदेखी मन्दिरमा प्रत्येक दिन वोका वली चढाउन र पुजा गर्न ठुलो संख्यामा भक्तजन हरु आउने गरेका छन ।
साे मंन्दिरमा नवरात्र भित्रमा भाकल गरे ९ दिनमा मनोकामना पुरा हुने मंन्दिरका आचार्य कृष्ण प्रसाद भट्टराईले बताए । फुलपातीका दिन विहान ८ वजे मन्दिर परिसरवाट नेपाली सेना , नेपाल प्रहरी, सशत्र प्रहरी, तथा विभिन्न जाती समुदायका नृत्य झाकी सहित राई , लिम्वु, मगर , सन्थाल उराव तथा झागड समुदायले गर्ने लोक नृत्यले सवै लाई आकार्षण बनाएका थिए । फुलपाती देखि नवमी सम्म संन्सारी माई मंन्दिर र काली मंन्दिरमा विहानदेखी भक्तजनहरु दर्शनका लागि सहभागी हुने गरेका छन ।