२३।असाेज।कानेपाेखरी।
नेपाली कांग्रेसले आफ्नो भागमा पारेको मोरङका ४ संघीय निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । ६ निर्वाचन क्षेत्र रहेको मोरङमा कांग्रेसले १, २, ३ र ६ मा उम्मेदवार टुंगो लगाएको हो । क्षेत्र नम्बर ४ र ५ माओवादीको भागमा परेको छ ।
क्षेत्र नम्बर १ मा कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूले टिकट पाएका छन् । लिम्बू २०७४ को निर्वाचनमा एमालेका घनश्याम खतिवडासँग पाराजित भएका थिए । एमालेबाट पनि खतिवडाले नै टिकट पाएका छन् ।
मोरङ २ मा सुजता कोइरालाले टिकट पाएकी छिन् । यस क्षेत्रबाट निवर्तमान संसद मिनेन्द्र रिजालले पनि दावी गरेका थिए । एमालेले यस क्षेत्रमा ऋषिकेश पोखरेललाई टिकट दिएको छ ।
क्षेत्र नम्बर ३ मा सुनिल शर्माले टिकट पाएका छन् । मेडिकल व्यवसायीसमेत रहेका शर्मा अघिल्लो निर्वाचनमा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । एमालेबाट ढकालले टिकट पाएका छन् ।
मोरङ ६ मा कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले टिकट पाएका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा पार्टीको सभापतिमा पराजित भएका कोइराला अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका थिए । एमालेका लालबाबु पण्डितले उनलाई पराजित गरेका थिए । एमालेबाट पण्डितले नै टिकट पाएका छन् ।