मंगलवारे लिजेण्ड ९ विकेटले विजयी ।थारु पाेर्टल

Spread the love
२३।असाेज।पथरी।
आइतवारे अस्त्रलाई ९ विकेटले पराजित गर्दै मंगलवारे लिजेण्डले तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगमा पहिलो जित  गरेको छ । आइतवार पथरी रंगशालामा भएको खेलमा आइतवारे अस्त्रले दिएको १सय२९ रनको लक्ष्यलाई सहजै पुरा गर्दै मंगलवारेले जितेकाे हो । आइतवारेले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १सय२८ रन वनायो । आइतवारेका लागी आर्दश कार्कीले ३८ रन, द्रोर्ण जंग वस्नेतले २५ र आर्मश राईले १० रन वनाएका थिए ।
आइतवारेलाई मध्यम योगफलमा समेटने क्रममा मंगलवारेका लागी योगेश श्रेष्ठले ३ विकेट राकेश दाहालले २ अभिषेक विकले र निशान थोप्राले १ विकेट लिएका थिए । जवाफि व्याटिङ गरेको मंगलवारेले १६ ओभरमा निर्धारित लक्ष्य पुरा गरेको हो । मंगलवारेका योगेश श्रेष्ठले ६ छक्का र ५ चौका सहित ७२ रन र निशान थोप्राको ४९ रनको मद्धतले खेल आफ्नो पक्षमा पारेकाे हाे ।
४९ रनमा आउट भएका थाप्रोको स्थानमा आएका दिपक राईले ८ रन वनाए । आइतवारेका द्रोणजंग थापाले १ विकेट लिए । ३ विकेट सहित ७२ रन जोडेका योगेश म्यान अफ दि म्याच घोषित भए सोमवार भाेलीको पहिलो खेल वुद्ध युनाइटेड र विरेन्द्रनगर स्टिल टाइगर विच हुने छ भने दोश्रो खेल आइतवारे अस्त्र र हिसाव किताव टाइडे स विच हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *