असाेज।२४।कानेपाेखरी
विद्यानन्द चाैधरी
नेपाल प्रवाशी सन्थाली झापा,मोरङ्ग, सुनसरी,राहत कोष दोहा कतारमा स्थापना भएकाे संस्थाले नेपालमा रहेका सन्थाल हरुको दुःख पीडामा साथ दिदै आइरहेको छ । याे पटक पनी ६२हजार ६सय२२रुपैया २ जना विरामी सन्थालहरुकाे लागी भनी रकम पठाएकाे छ जसमा २जना विरामीलाई आज हस्तानतरण गरीएकाे छ ।
रंगेली नगर पालिका वडा नं २ जमुवा घर भएका देवी मुर्मु उनकाे पित्त थैलीमा पथरीया भएकाे र उपचार खर्च न भएकाेले उहालाई उपचारका लागि नगद रू. ३१हजार३सय११ रुपैयाँ र अर्काे विरामी सुनबर्षी नगरपालीका वडा नं २ का सुर्य मुर्मुको दुई दिने नवजात शिशु निमोनिया भएकाे शिशुको उपचारका लागि झा,मो, सु, राहत कोषका सदस्य श्री अञ्जली हेमरामकाे हातवाट ३१हजार३सय११ रुपैयाँ गरि जम्मा ६२हजार ६सय२२रुपैया आज हस्तान्तरण गरिएकाे जानकारी नेपाल सन्थाल आदिवासी पैरवी महासंघका केन्द्रीय सदस्य तथा समाज सेवी राज मुर्मुले थारु पाेर्टललाई जानकारी दिनुभयाे । रकम पाउनेहरुले झा, मो,सु. राहत कोषका सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद दिएका छन र गरीव दुःखीकाे लागि भगवान घरमै प्रकट भएकाे भान भयाे जस्ताे लाग्याे ।