पथरी रोयल किङ र सात बाघकाे पहिलो जित  ।थारु पाेर्टल

Spread the love
२५।असाेज।पथरी
पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेट प्रतियोगिताको मंगलबारको खेलमा रोयल किङले मंगलबारे लिजेण्ड माथी ४ बिकेट र सात बाघले क्लासिक एलाभेन हसन्दहमाथी ५ बिकेटको जित हासिल गरेको हो ।
जितसँगै रोयल र सातबाघले लिगमा २ अंक जोडेका छन । पहिलो खेलमा मंगलबारेले दिएको १सय५६ रनको लक्ष्यलाई रोयलले १९ ओभर १ बलमा ६ बिकेट गुमाएर पुरा गर्यो ।ब्याक्तिगत ५७ रन बनाएर आउट भए । पाबेल राई अर्धसतक बनाउन चुके । राई ४६ रन बनाउदै आउट हुदा दिपेश श्रेष्ठले १६ रन बनाए । मंगलबारेका लागी मिलन अधिकारीले २ बिकेट लिए भने राकेश दाहाल,अभिषेक बिक र रोहन गहतराजले १/१ बिकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको मंगलबारेका योगेश श्रेष्ठले ५६ रन बनाए पनि  जित हुन सकेन । निकेश बस्नेतले ४३ र दिपक राईले २४ रन बनाए । रोयलका लागी बिश्व बस्नेत र भुपेन राईले २/२ बिकेट लिए भने दिपेश श्रेष्ठले १ बिकेट लिए । महेश कार्की म्यान अफ दि म्याच भए । दोश्रो खेलमा सात बाघले क्लासिक एलाभेन हसहन्दमाथी ५ बिकेटको जित
हासिल गर्यो । सातबाघले १५ ओभर ५ बलमा निर्धारित १०९ रन पुरा गर्यो ।उसका लागी निधित राईले ४४ र रहर लामाले २२ रनको योगदान गरे । केलिन राई १७ रन बनाएर आउट भए । हसहन्दका बुद्ध आलेले २ सोलोमन राई र संजिव धिमालले १/१ बिकेट लिए । त्यस अघि ब्याटिङ गरेको हसहन्दका सोलोमन राईले ३५ र संजिव राईले २९ रनको योगदान गरे । सात बाघका केलिन राई र दिपेश भण्डारीले २/२ बिकेट लिदा दिप सुबेदी र अस्बिन महतका नाममा १/१ बिकेट रह्यो । खेलको म्यान अफ दि म्याच निधित राई घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *