बर्षा प्रभाबित खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी ।थारु पाेर्टल

Spread the love
२६। असाेज ।पथरी ।
बर्षा प्रभाबित खेलमा हिसाव किताब ट्राइडेन्स र रोयल किङ बिजयी भएका छ्न . ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्ड माथी २ रनको जित निकाल्दा रोयल आइतबारे अस्त्र माथी हाबी भयो । मंगलबारेले टस जितेर फिल्डिङ रोजे पछि हिसाब किताबका सुरज खडकाले ब्याक्तिगत ४५ रन सहित ७ बिकेट गुमाएर ५६ रन बनायो ।
मंगलबारेका योगेश श्रेष्ठले ३ तथा राकेश दाहाल र रोहन गहतराजले २/२ बिकेट लिए । ६ ओभरमा घटाइएको खेलमा ५७ रनको लक्ष्य मंगलबारेले भेटाउन सकेन । ५४ रनमै ओभर सकिए पछि २ रनको हार भयाे । मंगलबारेका लागी नट आउट २८ रन बनाएका रोहन गहतराज बाहेक योगेश श्रेष्ठले १० रन बनाए ।हिसाब किताबका नेल्सन दंगालले २ तथा सुरज खडकाले १ बिकेट लिए ।
दोश्रो खेलमा आइतबारे अस्त्रमाथी रोयलले ९१रनको जित निकाल्यो । रोयलका भुपेन राई र पाबेल राईले अर्धशतक बनाए । भुपेन ७१ र पाबेल ६२ रन बनाएर आउट भए । आइतबारेका आदर्श कार्किले २ तथा संजय मुर्मुले १ बिकेट लिए । जवाफि ब्याटिङ थालेको आइतबारे ५२ रनमा समेटियो । आइतबारेलाई सस्तैमा समेटन बिश्व बस्नेत र पाबेल राईले ३/३ तथा महेश कार्किले २ बिकेट लिए । आइतबारेका कुनै खेलाडिले दोहोरो रन बनाउन सकेनन । पुस्कर राईले ९ रन बनाए । पाबेल राई म्यान अफदि म्याच घोषित भए । आइतबारेको यो लगातार तेश्रो हार हो भने रोयलको दोश्रो जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *