२८।असाेज।कानेपाेखरी
विद्यानन्द चाैधरी

माेरङ्गकाे कानेपाेखरीमा रहेकाे धिमाल जातीले असाेज २७ गते आइतबार वडा नं २मा रहेकाे रणमती दानाकाली ग्रामथान धापगाउँमा धिमाल जातीय विकास केन्द्र कानेपोखरी गाउँपालिका समितिकाे आयाेजनामा शुभकामना तथा पदिय दायित्व सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रम धिमाल जातीय विकास केन्द्र कानेपोखरीकाे अध्यक्ष प्रकाश धिमालकाे अध्यक्षतामा संचालन भएकाे थियाे भने धिमाल जातीय विकास केन्द्र समितिका सचिव रुकमणी धिमालकाे विशिष्ट अथिति रहेकाे थियाे भने अथितिहरुमा धिमाल जातीय विकास केन्द्र जिल्ला अध्यक्ष पितवहादुर धिमाल रमाईलाे जनएकता वचत तथा ऋण सहकारीका उपाध्यक्ष अम्विका अर्याल,पम्फा धिमाल ,भविन धिमाल,पत्रकार लगायकाे आथितियता रहेकाे थियाे ।

पदिय दायित्व सम्बन्धी अभिमुखिकरण कार्यक्रममा अम्विका अर्यालले सहजिकरण गरेका थिए धिमालहरु पहिलाे जाती शिक्षाबाट टाढा चेतनकाे कमी सरकारी काेटामा पर्न नसकेकाे एक आपसमा मेल न हुने आदीकुराहरुकाे सहजीकरण गर्दै धिमाल समुदाय साेझाे भएर हक अधिकार बाट बन्चित रहेकाे कुरा राखेका थिए । पदमा बसेर पदकाे मुल्य मान्यता न जान्ने कार्यक्रमहरुमा कम सहभागी हुने आदी विषय तथ धिमाल भाषाकाे पठन पाठनमा जाेड दिने लगायतकाे विषयमाथी अभिमुखिकरण कार्यक्रम समपन्न भएकाे थियाे कार्यक्रममा ८७जना टाेल कमिटिबाट धिमालहरुकाे सहभागिता रहेकाे कार्यक्रममा सचिव अनिल धिमालले कार्यक्रम संचालन गरेकाे थियाे ।