२८।असाेज।पथरी ।

पथरीमा जारी तेश्रो पथरीशनिश्चरे प्रिमियर लिगको विहिवारको खेलमा क्लसिक एलाभेन हसन्दह र किर्तिपुर सातवाघ विजयी भएका छन् । हसन्दहले वुद्ध युनाइटेडलाई ४ विकेट र सातवाघले विरेन्द्रनगर स्टिललाई समान ४ विकेटले पराजित गर्दै जित हासिल गरेका छन ।
पहिलो खेलमा विरेन्द्रनगरले दिएको ९५ रनको लक्ष्यलाई १८ओभर १ वलमा पुरा गर्यो । टस हारेर व्याटिङ्गमा उत्रिएको विरेन्द्रनगरले १८ओभर ३वलमा अल आउट हुदै ९५ रन जोड्यो । रेवत थक्सुले ३३ र अजित पैक्राले १४ रन जोडन वाहेक अन्य खेलाडीले दोहोरो रन जोडन सकेनन् । विरेन्द्रनगरलाई सस्तैमा समेटन सातवाघका अनिस लुइटेलले ७ रन खर्चेर ३ विकेट लिए । अस्विन महतले २ विकेट लिदा केलिन राई,रहर लामा र दिपेश भण्डारीले समान १÷१ विकेट लिए । जवाफि व्याटिङ थालेको सातवाघले १८ओभर १ वलमा पुरा गर्दा ६ विकेट गुमायो । सातवाघका केलिन राईले १८वलमा ३८ रन प्रहार गर्दै टिमलाई जित दिलाए ।
सातवाघका निधित राईले २२ र रहर लामाले ११ रन वनाए । विरेन्द्रनगरका दिपक नेपाली र आभाष पाहिमले २।२ विकेट लिए भने पशुपती दाहाल र मुरारी खनालले १÷१ रन वनाए । खेलको म्यान अफ दि म्याच केलिन राई घोषित भए । सोलोमन राईको अर्घसतिकय प्रर्दशनले हसन्दहले दोश्रो जित गर्यो । वुद्धको यो पहिलो हार हो । दोश्रो खेलमा वुद्ध युनाइटेडले दिएको १२१ रनको लक्ष्य हसहन्दले १९ ओभरमा पुरा गर्यो । वुद्धले २० ओभरमा १२० रन वनायो । वुद्धका लागी राकेश राईले ३७ रन वनाउदा राजकुमार मगर,आशुतोष थापा र कमल थापाले समान १८ रनको योगदान गरे । हसन्दहका सुजन खत्रीले ४ तथा वुद्ध मगर सजिव धिमाल र सोलोमन राईले १÷१ विकेट लिए । सोलोमन राईले अविजित ५० रन वनाउदा वुद्ध आले मगरले २२ रनको योगदान गरे । वुद्धका राजु राईले २ तथा अनिस तामाङ र सविन अधिकारीले समान १÷१ विकेट लिए ।
अभिजित अर्धसतक सहित १ विकेट लिएका सोलोमन म्यान अफ दि म्याच घोषित भए । शुक्रवारको खेल हिसाव किताव ट्राईडेन्स र रोयल किङ्ग विच हुने छ । लिग चरणको १ खेल सम्पन्न वाकि हुृदा रनरेटका आधारमा क्लासिक एलाभेन हसन्दह लिग टेवलमा अगाडी छ । हिसाव किताव र रोयल किङ्गले एक खेल कम खेलेका छन् । आइतवारे अस्त्र र विरेन्द्रनगर स्टिल टाइगरले कुनै खेल जितेका छैनन् । मंगलवारे जिलेण्डले ३ खेलमा १ जित दर्ता गर्दा सातवाघ,वुद्ध युनाइटेड ३ खेलमा २ जित हासिल गरेका छन् ।