२९।असाेज।कानेपाेखरी

रमाइलो प्रहरी चौकीलाई पालिका द्वारा सामाग्री वितरण कानेपोखरी गाउपालिका ३ नम्बर वडाकाे आयोजना तथा पालिकाको रोहबरमा रमाइलो प्रहरी चौकीलाई सामाग्री हस्तान्तरण गरिएको छ ।
१५ वटा कुर्सी २ वटा टर्च लाइट पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीको रोहबरमा हस्तान्तरण गरियो । यस्तै ३ नम्बर अध्यक्ष गोपाल बहादुर कार्की , वडा सद्स्य सरस्वती काफ्ले र बिशेष पहल कदमी भुमिका निर्वाह गर्ने वडा सद्स्य डिल्लि गिरिको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो । रमाइलो चौकीमा अति आवश्यक बस्ने कुर्सी पनि नभएको तथा पुराना कुर्सी काम नलाग्ने भएकाले पालिका द्वारा सहयोग माग गरिएको ३ नम्बर वडा सद्स्य डिल्लि गिरिले बताए । सानो तिनो छ्लफलमा बस्दा पनि बस्ने सम्म वातावरण नभए पछि उनले यो कार्यक्रमको संम्योजन गरेको बताए । पालिका उपाध्यक्ष भोला अधिकारीले अझ यश चौकिलाई ब्यवस्थित गर्न जग्गा थप देखि अति आवश्यक कार्य चाडै गर्ने बताए । चौकीका तर्फ बाट सइ जगदिश प्रसाद मेहेता लगायतको उपस्थिति रहेको थियो।