२८। असाेज।पथरी

अविजित यात्रालाई कायम राख्दै रोयल किङ्गले पथरीशनिश्चरे प्रिमियर लिगमा हिसाव किताव ट्राइडेन्स् माथी जित निकालेको छ ।
तेश्रो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको शुक्रवारको खेलमा हिसाव किताव माथी ३७ रनको जित निकाल्दै रोयलले प्वाइन्ट टेवलमा अग्रस्थान कायम गरेको छ । टस जितेर फिल्डिङ्ग गरेको हिसाव किताव संग रोयलले ८ विकेटको क्षतीमा २० ओभर खेल्दै १सय१८ रन वनाएकाे थियाे । जसका लागी राज वस्नेतले अविजित अर्धशतिकय पारी खेले । उनले ५० वलमा ५७ रनको योगदान गरे भने पावल राईले २१ रन वनायाे ।
हिसाव कितावका नेल्सन दंगाल, पुरुषोत्तम न्यौपाने र दिवश राजवंशीले समान २÷२ विकेट लिदा कैलास श्रेष्ठ र सुरज खडकाले १÷१ विकेट लिए । १सय१९ रनको लक्ष्य लिएर मैदान छिरेको हिसाव किताव लाई सस्तैमा समेटन म्यान अफ दि म्याच राज वस्नेतले ४ विकेट लिए । ३ ओभर वलिङ्ग गरेका उनले २१ रन खर्चीए । हिसाव कितावका सुरज खडकाले १९ र निशान राईले १६ रन वनाउन वाहेक अन्य व्याटमेनले राम्रो प्रर्दशन गर्न सकेनन् ।
१७ ओभर ३ वलमा अल आउट भएको हिसाव कितावको अन्य विकेट रोयलका भुपेन्द्र राईले ३ तथा विश्व वस्नेत महेश कार्की र दिपेश श्रेष्ठले समान १÷१ विकेट लिए । भोलीको खेल क्लासिक हसन्दह र मंगलवारे र सात वाघ र आइतवारे अस्त्र विच हुने छ । कार्तिक ६ सम्म सन्चालन हुने प्रतियोगीताको विजेताले १ लाख ११हजार १सय ११ रुपया र ट्रफि पाउने छन् । पहिलो संस्करणको विजेता रोयल किङ्ग र दोश्रोको विजेता सातवाघ रहेका छन् ।