३०।असाेज। कानेपाेखरी ।
विद्यानन्द चाैधरी
माेरङ्गकाे कानेपाेखरी वडा न १ हाेक्लावारीमा सन्थालहरुकाे विशुद्ध नकाउट फुटबल खेल झरनागाडा सन्थाल युवा क्लव झरनाघुटुकाे आयाेजनामा आज बाट विधिवद रुपमा फुटवल खेलकाे उदघाटन भएकाे छ । उदघाटन खेलमा विरेन मुनी र विसनपुर वीच खेल भएकाे थियाे ।
उक्त खेलमा विरेनमुनीले विसनपुरलाई २ गाेल अन्तरले पराजित गर्दै जित हासिल गरेकाे छ । खेलकाे पहिलाे हाफमा कुनै गाेल हुन सकेकाे थिएन । देस्राे हाफकाे अन्तिमा खेल सकिन १० मिनेट बाकी हुदा विरेनमुनीका जर्सीन नं १०का रविन साेरेनले १ गाेल गरेर टिमलाई ० १ काे अग्रता दिलाएकाे थियाे भने खेलकाे ५५ मिनेटमा पुःन विरेनमुनीका जर्सीन नं ११का मंगल साेरेन १ गाेल गर्दै खेलमा २ ०काे अग्रता दिलाउदै उद्घाटनमा जित निकालेकाे हाे । खेल चिसाङ्गखाेलाकाे मैदानमा संचलन भएकाे थियाे ।
उक्त खेलमा झापा माेरङ्ग र सुनसरी गरी जम्मा १६वटा टिम सहभागी रहेकाे खेलमा प्रथम हुने टिमलाई नगद रु ३०हजार ५१ मेडल ,प्रमाण पत्र, सिल पुरस्कार रहेकाे छ भने दाेस्राे हुने टिमलाई नगद रु २१हजार मेडल ,प्रमाण पत्र, सिल पुरस्कार रहेकाे जानकारी आयाेजक विजय किस्कुले जानकारी दिनुभयाे ।
कार्यक्रम एक औपचारीक कार्यक्रमकाे आयाेजना गरी खेल उद्घाटन गरेकाे थियाे जसमा माेरङ्ग क्षेत्र न २का प्रदेश सांसद विनाेद कार्कीकाे प्रमुख आथितियता रहेकाे खेलमा कानेपाेखरी आदिवासी हाेक्लाबारीका अध्यक्ष चन्द्र मगर विजय किस्कु विरेन किस्कु वडा अध्यक्ष रत्न कार्की लगायतकाे आथितियता रहेकाे थियाे । कार्यक्रम भने महेश किस्कुले संचालन गरेकाे थियाे । भाेलीकाे खेल लक्ष्मीपुर युवा कल्व र बिरटाेला विच हुने छ ।