३१।असाेज।कानेपाेखरी

प्रदेश १ बाट कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको प्रतिनिधित्व गर्दै थापा गण्डकी प्रदेशको सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ सम्म सञ्चालन हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कानेपोखरी ६ निवासी तथा कानेपाेखरी आईटिफका प्रशिक्षक गुरु इन्दिरा थापाले रजत पदक दोश्रो स्थान जितेकी छिन उनले (४०-५०केजी तौल समूह अन्तर्गतको खेलमा दाेस्राे स्थान ल्याएर कानेपाेखरीकाे नाम राख्न सफल भएकी छिन ।
एपिएफ, कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई हराउँदै उनले उपाधी जितेकी हुन । तेक्वाण्डो खेल बाग्लुङ जिल्लामा छ रहेको छ । हालसम्म १ नं. प्रदेशले १ रजत र १ कास्य पदक जितेकाे छ । छाेटाे समयमा कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गले धेरै प्रगती गरगरहेकाे र निकट भविष्यमा कानेपाेखरीलाई खेलकाे माध्यमबाट राष्टयमा मात्र हैन अन्तराष्टयलाई कानेपाेखरीलाई चिनाउने उदेश्यरहेकाे जानकारी कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गकाे प्रमुख युवराज भुजेलले जानकारी दिनु भयाे ।