लिगको अन्तिम खेलमा बिजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको लिगबाट बाहिरियाे ।थारु पाेर्टल

Spread the love
 १।कार्तिक।पथरी
लिगको अन्तिम खेलमा बिजयी भए पनि आइतबारे अस्त्र पथरीशनिश्चरे प्रीमियर लिग क्रीकेटको लिगबाट बाहिरिएको छ ।
आइतबारेले क्लासिक एलाभेन माथी ३३ रनले बिजयी हुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ । आइतबारेले २० ओभरमा ६ बिकेट गुमाएर दिएको १सय९२ रनको लक्ष्य हसहन्दले पुरा गर्न सकेन ।
४८ रन बनाएका हसहन्दका संन्जिव धिमाल आइतबारेका कप्तान द्रोणजंग बस्नेतको बलमा आर्मश राईबाट क्याच आउट भए । बुद्ध आलेमगरले २९ र निशान ढकालले १६ रन बनाउन बाहेक अन्यले हसहन्दका तर्फबाट गतिलो रन बनाउन सकेन्न । आइतबारेका द्रोणजंग बस्नेतले ५ बिकेट लिए । आइतबारेका शुसिल काफ्ले, फडिन्द्र पौडेल, आदर्श कार्की र समिर कटुवालले १/१ बिकेट लिए । त्यस अघि ब्याटिङ गरेको आइतबारेले २० ओभर खेल्दै ६ बिकेट गुमाउदै १९२ बनायो । जसका लागी संन्जय मुर्मुले अबिजित ८१ रनको योगदान दिए । सुशिल काफ्लेले ३७ र आर्मस राईले १३ रन बनाए । हसहन्दका संन्जिव धिमालले ३ बुद्ध आलेले २ र सोलोमान राईले १ बिकेट लिए ।
खेलको म्यान अफ दि म्याच संन्जय मुर्मु घोषित भए । दोश्रो खेलमा किर्तिपुर सातबाघ बिजयी भयो । सातबाघले मंगलबारे लेजेन्ड माथी ९८ रनको जित हासिल गर्यो । सातबाघले दिएको १७३ रनको लक्ष्य पछ्याएको मंगलबारे १७ ओभर २ बलमा अलआउट हुदै ७५ रन बनायो । मंगलबारेका योगेश श्रेष्ठले १७ र निकेश बस्नेतले १५ रन बनाउन बाहेक अन्य खेलाडिले उत्कृष्ट खेल्न सकेन्न । मंगलबारेलाई सस्तैमा समेटन २ ओभर बलिङ गरेका दिपेश भण्डारीले ११ रन दिदै ३ बिकेट लिए । सातबाघका अस्विन महत र दिप सुबेदीले समान २/२ बिकेट लिए भने केलिन राई र रहर लामाको नाममा १/१ बिकेट लिए । यस अघि ब्याटिङ गरेको किर्तिपुर सात बाघले २० ओभरमा ६ बिकेट गुमाउदै १७२ रन बनायो । सातबाघका बिबेक मोक्तान को ४४ केलिन राईको ४१ र अनिस लुइटेल ३९ रन बनाए । मंगलबारेका योगेश श्रेष्ठले २ तथा रोहन गहतराज राजेश दाहाल र डिकेन थापाले १/१ बिकेट लिए । खेलको म्यान अफ फि म्याच केलिन राई घोषित भए । जित संगै सातबाघ प्ले अफमा प्रबेश गरेको छ ।
खेलमा पराजित भए संगै मंगलबारे पनि लिग बाट बाहिरिएको छ । मंगलबार रोयल किङ र बिरेन्द्रनगर स्टिल टाइगर तथा दोश्रो खेलमा हिसाब किताब ट्राइडेन्स र बुद्ध युनाइटेड बिच खेल हुनेछ । मंगलबारको खेलमा बुद्ध युनाइटेड पराजित भए क्लासिक एलाभेन हसहन्द प्लेअफमा प्रबेश गर्ने छ । रोयल किङ र सातबाघ प्ले अफ प्रबेश गर्दा हसहन्दलाई बुद्ध र हिसाबकिताबको खेलमा भर पर्नु पर्ने छ । तेश्रो संस्करणको पथरीशनिश्चरे प्रीमियर लिगको तिनै संस्करणमा सातबाघ र रोयलले प्ले अफको खेल खेल्ने छ्न । पहिलो संस्करणको बिजेता रोयल र दोश्रो संस्करणको बिजेता सातबाघ हो । कार्तिक ६ सम्म सन्चालन हुने लिगमा नगरभित्रका ८ फ्रेन्चाइज क्लबको सहभागिता रहने छ । नगरभित्रका क्रीकेट खेलाडिलाई अक्सन मार्फत क्लबले अनुबन्धन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *