कार्तिक।४। कानेपोखरी
श्री सिंह देवि दुग्ध उत्पादन सहकारी सस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मोरङको कानेपोखरी ३ मा रहेको सो सस्थाले मंगलबार साधारणसभा सम्पन्न गरेको हो । २०६७ साल देखि सुरुभएको सस्थामा २ सय २६ जना कृषक आवद्ध रहेका छन् । कार्यक्रममा सँस्थाले सेयर सदस्यहरुलाई विभिन्न सात वटा बिधामा १४ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ । अधिकतम दूध उत्पादन तर्फ दैनिक १५ लिटर दुग्ध उत्पादन गर्ने कृषक तथा सस्थाका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद कोइराला, दैनिक १२ लिटर उत्पादन गर्ने सस्थाका सचिव लोक बहादुर कार्की र दैनिक १० लिटर उत्पादन गर्ने अशोक बहादुर भण्डारीलाई सम्मान गरीएको छ ।
यस्तै गुणस्तरिय दूध उत्पादन तर्फ सेयर सदस्य सुमित्रा बोहोरा रहेकी छिन । यस्तै ज्येष्ठ नागरिक सम्मान तर्फ ७२ वर्षिय पहलमान सुवेदीलाई सम्मान गरिएको छ यस्तै अधिकतम दूध उत्पादन तर्फ राजन पौडेल,उत्कृष्ट ऋणकारोबार तर्फ लक्ष्मी पौडेल,गोमा कटुवाल रहेका छ्न भने सदस्यता सम्मान तर्फ फिरनलाल चौधरी , धन बहादुर सापकोटा , मन्जेश शाह, तुलाराम गुरुङ र मन्जु कार्की रहेका छ्न । यस्तै उत्कृष्ट कार्य सम्पादन तर्फ कर्मचारी खेम चन्द्र कार्कीलाई पुरस्कृत गरिएको छ । सँस्थाले गत वर्ष ५ आम्दानी गरेको थियो भने यस वर्ष ९ लाख रुपैया आम्दानी गरेको सस्थाका कार्यवाहक अध्यक्ष नारायण प्रसाद कोइरालाले बताएका छन ।