१२ वर्षे थापालाई ‘बोन म्यारो ‘उपचारका लागि  सहयाेगकाे याचना  ।थारु पाेर्टल

Spread the love
४।कार्तिक।पथरीशनिश्चरे ।
Open photo
पथरी शनिश्चरे -७ का १२ वर्षे खुश थापालाई ‘बोन म्यारो ‘ (सेतो रक्तकोष कमी)  भएकाले उनका बुबा तिलक बहादुर थापाले थप उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन्।
चन्द्र किराँतेश्वर माध्यमिक विद्यालयको भवनमा गत २ महिना अघिदेखि मासिक ३ हजार रुपैयाँ तिर्दै चमेना गृह संचालन गर्दै आएका थापाले आफ्नो १२ वर्षे छोराको थप उपचारका लागि १५ लाखदेखि २० लाख रुपैयाँ खर्च लाग्ने डाक्टरले सल्लाह दिएको बताएका छन्। सोही विद्यालयको कक्षा -६ मा अध्ययनरत खुश थापाको शरीर भित्रको हड्डीमा सेतो रक्तकोषिकाले रगत उत्पादन नगरेको भन्दै डाक्टरले “बोन म्यारो ‘” को प्रत्यारोपण गर्न ठूलो रकम लाग्ने डाक्टरले भनेपछि उनका बुबा तिलकलाई समस्या परेको बताए।
उनले छोराको थप उपचारका लागि आर्थिक सहयोग गरिदिनु हुन पनि सम्पुर्ण देश बिदेशमा रहेका नेपालीहरुसमक्ष अनुरोध समेत गरेका छन्।उनले ईच्छूक सहयोगदाताहरुलाई आफ्नो फोन नं ९८२८९३८१९२ समेत दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *