कार्तिक।५।
पथरी संवाददाता

पथरीशनिश्चरेकी नगर उप–प्रमुख देवीमाया काफ्लेले रेडक्रसलाई आवश्यक परेको सहयोग गर्न नगर तयार रहेको बताएकी छिन्। शुक्रबार हसन्दह रेडक्रसको १५ ओैं साधारणसभाको प्रमुख अतिथि रहनुभएकी काफ्लेले सो कुरा उद्घाेष गर्नु गरेकी हुन्।
रेडक्रसले सो अवसरमा १५ जनालाई सम्मान गरेको छ । रेडक्रसको कार्यसमितिमा रहेर विभिन्न समयमा आयोजना गरेका मानवीय काममा सहयोग पुर्याउने ६ जना, जनप्रतिनिधि भइ रेडक्रसको वृद्धि विकासमा सहयोग पुर्याउने ३ जना, सामाजिक कार्यमा सहयोग पुर्याउने आजीवन जेष्ठ सदस्यहरू ४ जना र सामाजिक क्षेत्रमा काम गर्ने २ जनालाई प्रमाणपत्र, दोसल्ला ओडाएर सम्मान गरिएको हसन्दह रेडक्रस अध्यक्ष भोलानाथ घिमिरेले बताए ।