पथरीमा जारी पिट्सवर्ग च्यालेन्ज कपको तेस्रो खेलमा लेटाङ्गको चारतारे एफसी विजयी ।थारु पाेर्टल

Spread the love
कार्तिक -१४/पथरीशनिश्चरे,
पथरीशनिश्चरे – १०काे प्रस्तावित रंगशालामा जारी पिट्सवर्ग च्यालेन्ज कपको तेस्रो खेलमा लेटाङ्गको चारतारे एफसीले शनिश्चरे युथ फुटबल क्लबविरूद्ध शुन्यको विरूद्ध ३ गोल गर्दै विजयी भएको छ।
आईतबार भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको १३ मिनेटमा लेटाङ्ग एफसीले कर्नर हान्ने अवसरलाई सदुपयोग गर्दै जर्सी नं १६ का सौजन्य याख्खाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए भने ३५ मिनेट र ३७ मिनेटमा पाएको दुई वटै पेनाल्टी मार्फत जर्सी नं १६ कै सौजन्य याख्खाले पेनाल्टी मार्फत सून्दर गोल गर्दै ह्याट्रिक गरेका थिए। खेलको अधिकांश समय लेटाङ्गका खेलाडीहरूले भुटानी शरणार्थी युवाहरुको शनिश्चरे एफसी माथि पटकपटक दवाव दिएको थियो।
आजको खेलमा म्यान अफ दि म्याच लेटाङ्ग चारतारे एफसीका सौजन्य याख्खा घोषित भए। भोलि सोमबारको खेल जहदा एफसी र टेन नवोदय एफसी बिच हुनेछ। किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य सन्तोष सेरेङको प्रमुख आतिथ्यता र पिट्सवर्ग च्यालेन्ज कप कार्यक्रमको संयोजक गणेश थक्लुङ लिम्बुकाे अध्यक्षतामा भएको आजको खेलमा पिट्सवर्ग च्यालेन्ज कप फाउण्डर अर्जुन विष्ट , ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतम,मर्स्याङ्दी फुटबल क्लवका अध्यक्ष मुखिया गुरुङ ,मोरङ्ग फुटबल क्लबका अध्यक्ष निरज गुरुङ, किरात याक्थुङ चुम्लुङ विदेश शाखा कुवेत अध्यक्ष अरूण निङलेकु लिम्बु, समेत उपस्थिति रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *