पथरीशनिश्चरे, कार्तिक -१५

माेरङकाे पथरीशनिश्चरे-१० काे प्रस्तावित रङ्गशालामा जारी पिट्सवर्ग च्यालेन्ज कपको चौथो खेलमा टेन नवोदय एफसी विजयी भएको छ। पिट्सवर्ग च्यालेन्ज कपको चौथो खेलमा टेन नवोदय एफसी जहदा एफसीलाई ट्राईबेकर मार्फत ७ को विरुद्ध ६ गोल गर्दै विजयी भएको हो ।
सोमबार भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि ट्राईबेकरको साहरा लिनु परेको थियो। नवोदय एफसी जर्सी नं १० अर्जुन बस्नेतलाई म्यान अफ दि म्याच घोषित भएका थिए। भोलि मंगलबार सेमीफाइनलको पहिलो खेल लेटाङ्ग एफसी र पथरी एफसी बिच हुनेछ। पथरीशनिश्चरे-१ का वडाध्यक्ष भीम कुमार राईको प्रमुख आतिथ्यता र पिट्सवर्ग च्यालेन्ज कप कार्यक्रमको संयोजक गणेश थक्लुङ लिम्बुकाे अध्यक्षतामा भएको आजको खेलमा पिट्सवर्ग च्यालेन्ज कप फाउण्डर अर्जुन विष्ट , समेत उपस्थिति रहेका थिए। उक्त अवसरमा प्रमुख अतिथि वडाध्यक्ष भीम कुमार राईले पथरीशनिश्चरे नगरीमा अमेरिकामा बसोबास गरी प्रवासी भुटानी युवाहरुद्वारा पिट्सवर्ग च्यालेन्ज कपको आयोजना गरेर स्थानीय क्षेत्रमा व्यवसायिक खेलाडीहरु उत्पादन गर्न र समग्र नगरको सान उच्च राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरेका थिए।