मँसिर।३।आईतवार
पथरी समाचारदाता पथरी ।

मोरङको पथरीशनिश्चरे–३ को जनता माविको ‘क’ मतदान केन्द्रमा रहेकी एक कर्मचारीले गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेपछि विवाद उत्पन्न भएको छ ।
आज विहान विवादपछि मत माग्ने कर्मचारीलाई मतदान केन्द्रबाट निष्कासित गरिएको छ । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेकी थिइन् । सो पछि दाहालले यसरी कर्मचारीले मत माग्न नपाउने बताएपछि वडा अध्यक्ष बिजय लिम्बु र राजनैतिक दलका प्रतिनिधिको आग्रहमा ती कर्मचारीलाई मतदान केन्द्र बाहिर निकालिएको छ ।