लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम ।थारु पाेर्टल

Spread the love
पथरी समाचारदाता
मंसिर १३
मोरङको पथरीशनिश्चरे नगरपालिकामा लघु उद्यम विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती, स्वास्थ्य शाखा संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । यस्तैगरी वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत-४ का वडाध्यक्ष लोककिरण न्यौपाने, १० का वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य र वडा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम लघु उद्यम विकास शाखाकी संयोजक सपना कार्कीले सञ्चालन गरेकी थिईन भने सहजीकरण हेमचन्द्र दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *