समानुपातिक तर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न ।थारु पाेर्टल

Spread the love

१३।मङसिर

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म करिब ८० प्रतिशत मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनाको विवरण निर्वाचन आयोगको सूचना प्रणाली र समानुपातिक प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अभिलेख हुने क्रम जारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८ सय ५० रहेकामा प्रारम्भिक विवरणमा ६१ प्रतिशत १ करोड ७ लाख ३ हजार २७ मत खसेको अनुमान गरिएकामा सोको ८० प्रतिशत मतगणना हुँदा अब करिब २४ लाख मत उक्त प्रणालीतर्फ गणना हुन बाँकी रहेको छ ।प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ स्थानमध्ये हालसम्म १ सय ४४ क्षेत्रको मतपरिणाम आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ । हाल गणना भइरहेका छ । निर्वाचन क्षेत्रको सोमबारसम्ममा सम्पन्न हुने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *