स्थानीय सरकार सामुदायिक वनहरुसँग हातेमालो गरेर अघि बढ्ने’– नगर प्रमुख तुम्वापो ।थारु पाेर्टल

Spread the love
मंसिर- १५
पथरी 
माेरङ्गकाे पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले स्थानीय सरकार सामुदायिक वनहरुसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् ।
मोरङको पथरीशनिश्चरे वडा नं.- १ मा स्थापित श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभामा प्रमुख तुम्वापोले सो कुरा बताएका हुन्। कार्यक्रममा नगरपालिका प्रमुख, उप–प्रमुख देवीमाया काफ्ले, वडा नं. १ वडाध्यक्ष भीमकुमार राई, कार्यपालिका सदस्य विरध्वज शिवा र वडा सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।
यस्तै उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङ, पथरी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जयराम बिष्ट, शान्ति सामुदायिकका कर्मचारीहरु हेमा चाम्लिङ राई, प्रेमबहादुर मगर, सनबहादुर धिमाल, सानुमाया धिमाललाई पनि सम्मान गरिएको थियो । कार्यवाहक अध्यक्ष हेमभक्त तमुको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सचिव रोमान्सी धिमालले आ.व. २०७८/०७९ को कार्य प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्ष भीमकुमार राई, कुमार चाम्लिङ, वन समितिका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *