कानेपोखरीमा सवारी साधनको ठक्करले बाबुको मृत्युहुँदा दुई छोराछोरी अभिभावक बिहिन।थारु पाेर्टल

Spread the love

मंसिर १७

कानेपोखरी जिरिखिम्त सडक खण्डमा सवारी साधनको ठक्करले बाबुको मृत्युहुँदा दुई छोराछोरी अभिभावक बिहिन बन्न पुगेका छन्

ठक्कर दिने साधन तीन दिनसम्म फेला परेको छैन् । मंसिर १३ गते साँझ सवारी साधनले ठक्कर दिदा पथरीशनिश्चरे १० का ४२ बर्षिय युवराज खत्रीको मृत्यु भएको थियो । दुर्घट्ना पथरीशनिश्चरे, कानेपोखरी सीमानाको मोरङ्गी पुलदेखि करिव दुई सय मिटर पश्चिम मुख्य सडकमा भएको थियो ।

राती करिव साढे ८ बजे कानेपोखरीबाट साइकलमा घरआउने क्रममा पछाडिबाट ठक्कर दिदा खत्रीको मृत्यु भएको थियो । ठक्करबाट टाउकोमा गम्भीर चोट लागेको घाइते खत्रीलाई सुरुमा पथरी अस्पताल र पछि उर्लाबारीको मदनभण्डारी ट्रमा सेन्टर लाने क्रममा मृत्यु भएको थियो ।

दुर्घट्नामा भएको तीन दिन बितिसक्दा पनि ठक्कर दिने सवारी साधन पत्ता लागेको छैन् । घट्ना स्थल हेर्दा पूर्ब जाँदै गरेको साधनले ठक्कर दिएको जस्तो देखिएपनि हालसम्म पत्ता नलागेको र साधन खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पथरीको प्रहरी प्रमुख डीएसपी बेदप्रसाद गौतमले बताए । पथरी बजारमा सीसी क्यामरा भएपनि नाइटभिजन राम्रो नभएको कारण रातिको घट्ना पत्ता लाउन समस्या भएको प्रहरीको भनाइ छ ।

मृतक युवराज खत्रीको एक छोरा र छोरी छन् । आमाले छाडेर गएपनि ती छोराछोरी बाबुको साहरामा छोरा कक्षा ९ र छोरी ६ कक्षामा पढ्दै गरेको स्थानीय मान दियालीले बताए ।

आमाले छाडेर गएको र बाबुको दुर्घट्नामा मृत्यु भएपछि छोराछोरी बृद्ध बाजेबजुको साहरा लिनुपर्ने बाध्य हुनुपर्ने अवस्था छ । दुर्घट्ना गराउने साधन पत्ता नलाग्दा पीडितलाई थप पिडा भइरहेको छिमेकीहरुको भनाइ छ । यद्यपि अनुसन्धान भइरहेकोले दुर्घट्ना गराउने गाडि पत्ता लाग्ने डीएसपी बेदप्रसाद गौतमको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *