प्रजनन स्वास्थ्य सम्बन्धी दुई दिने चेतनामूलक कार्यक्रम ।थारु पाेर्टल

Spread the love
मंसिर १७
गृह श्रमिक सिर्जनशिल महिला समाज नेपाल द्वारा दुई दिने अन्तरकृया कार्यक्रमकाे आयोजना गरेको छ ।
रंगेली नगरपालिका ७ स्थित मुक्ति नाथ बैक नजिकै  रहेको सम्पर्क कार्यालयमा दुई दिने गृह श्रमिक सिर्जनशिल महिला समाज नेपाल संस्थाकाे आयोजना तथा टेवा नेपालको सहयोगमा दुई दिने महिलाहरुका लागि प्रजनन स्वास्थ सम्बन्धी चेतनामूलक कार्यक्रम आयाेजना गरेकाे हाे ।
कार्यक्रममा रंगेली नगरपालिका उपमेयर भुमा पराजुली , बडा नम्बर ६ का सुजित कुमार मंण्डल , स्वास्थ्य प्रमुख व्रजेश मेहेता, संस्थाका अध्यक्ष शान्ता श्रेष्ठ , गृह श्रमिक सराेकार नेपालका माेरङ संयोजक कमला न्याैपाने , स्थानीय ,बुद्धिजीवी ,नगरपालिकाका स्वयंसेविका , सुडेनि लगायत नगर भित्रमा ३५ जना महिलाहरुकाे समेत सहभागीता रहेको थियोे ।
कार्यक्रममा रंगेली अस्पतालका डाक्टर दिपक मंण्डल, डाक्टर सुस्मिता पाेख्रेलले महिलाहरुलाई मैनाबारी भएको समयमा कसरी आफ्नो सरसफाइमा ध्यानदिने भन्ने बिषयमा जानकारी गराउनुका साथै प्रजनन स्वास्थ्य सम्धि दुई दिने अन्तरक्रिया गरेकाे र महिलाहरुलाई प्रजनन स्वास्थ्य सम्धित सबै कुराकाे जानकारी हाेस भन्ने उदेश्यले यस्तो कार्यक्रम गरेको संस्थाका अध्यक्ष शान्ता श्रेष्ठले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *