पथरीशनिश्चरे-६ मा स्वास्थ्य परीक्षण शिविर सँञ्चालन ।थारु पाेर्टल

Spread the love

मंसिर -२४

पथरी समाचारदाता, 

मोरङ्गको पथरीशनिश्चरेमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ सि एरिया ३ अन्तर्गत पथरी शनिश्चरे नगरपालिका भेगका लायन्स क्लबहरूले संयुक्त रुपमा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेका छन्।

 

शुक्रबार लायन्स क्लब पथरी शनिश्चरे नगरपालिका भेगका लायन्स क्लबहरूले युसभी , सिङुट्रा र सिप्ला प्रालिहरूको प्राविधिक सहयोगमा लायन्स क्लब अफ पथरी, पथरी योङ हार्ट, पथरी शनिश्चरे, पथरी क्रियटिभ लेडी र लियो क्लब अफ पथरीले संयुक्त रुपमा पथरी शनिश्चरे नगरको वडा नं. ६ भाँतेगौडा चोकमा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन्। पथरीशनिश्चरे नगरकी उपप्रमुख देवी माया काफ्लेको स्वास्थ्य परीक्षण गर्दै उद्घाटन भएको शिविरमा मधुमेह परीक्षण, रक्तचाप परीक्षण र स्वास प्रश्वास परीक्षण गर्नुका साथै पौष्टिक पद्धार्थ सम्वन्धी एक सय बढीले स्वास्थ्य परिक्षण गराएका थिए।

 

नगरपालिका उपप्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यतामा डिष्ट्रिक ३२५ ‘सि’ का एरिया चिफ लायन रोशन बुढाथोकीको उपस्थिति रहेका थिए। साेही क्रममा बोल्दै लायन्स क्लब अफ पथरीका भाइस प्रेसिडेन्ट तथा स्वास्थ्य संयोजक लायन हेमसागर चापागाँईले स्वास्थ्य नै मानिसको अमूल्य सम्पति रहेकोले यसको हामीले समय समयमा जाँच गरिरहनु पर्ने बताएका थिए। लायन्स क्लब अफ पथरीकी प्रेसिडेन्ट लायन गोमा पौडेल बुढाथोकी योङ हार्टका प्रेसिडेन्ट लायन चिरन्जीवी कट्वाल (दिपक), शनिश्चरेकी प्रेसिडेन्ट लायन सिता राई, क्रियटिभ लेडीकी प्रेसिडेन्ट लायन देवी राई र लियो प्रेसिडेन्ट नमिरा पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *