रंगेलीमा साप्ताहिक सरसफाई कार्याक्रम ,सडकमा केहि राख्न न पाईने ।थारु पाेर्टल

Spread the love
मंसिर २५
रंगेली अस्पताल परिसरमा अब देखि साप्ताहिक रुपमा सरसफाई कार्यक्रमकाे २४ गते देखि शुभारम्भ गरेकाे छ। रंंगेली नगपालिका ७ मा रहेकाे अस्पतालमा समिति द्वारा साप्ताहिक सरसफाई कार्यक्रमकाे आयाेजना गरेकाे हाे । अस्पताल परिसर वरपरमा रहेकाे झार पातकाे सरसफाई गर्नुका साथै अस्पतालकाे अन्य ठाउँमा समेत रहेकाे सरसफाई गरेका छन । सरसफाई कार्यक्रम्मा रंगेली नगरपालीका मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली ,विभिन्न बडाका बडा अध्यक्ष,अस्पताल समितिका अध्यक्ष देवमणि कटुवाल,पुर्साेतम काफ्ले,अस्पतालका डाक्टर,कर्मचारी,नेपाल प्रहरी,ससस्त्र प्रहरी,रंगेली नगर युवा क्लव,स्थानीय,समाज सेवी, बुद्धिजिवि लगायतका समेत अभियानमा सहभागीता रहेकाे थियाे ।
अबकाे साता दिन भित्र नगरपालीकाकाे ९ बटै बडामा उपमेयरकाे संयाेजक्तवमा सरसफाई समिति निर्माण गर्ने र साता दिन भित्र सडक तथा पेटिमा राखिएकाे सामाग्री र सडकामा छाडा चाैपाया तथा सडकमा बाधिएकाे गाई, बाख्राहरुलाई समेत नगर ले नियत्रणमा लिने र आवशयक क्षतिपुर्ति लिएर छाडिने समेत उपमेयर भुमा पराजुलीले बताईन । पछिलाे समयमा सडकमा धना,पराल, निर्माण सामाग्री , समेत सडकमा राखेर दुर्घटना निम्त्याएकाे भन्दै अबका दिनहरुमा नगर ले नियन्त्रणमा लिईने र रंगेली लाई स्वास्थ्य र सफा राख्ने अभियानमा सबै पक्षलाई एक जुट हुन सेमत नगरले आवहान  गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *