पथरीमा मिनी महोत्सवको तयारी, राजेशपायल राई,सुगम पोख्रेल लगायतको कलाकार आउने ।थारु पाेर्टल

Spread the love
मङ्सिर-२८
पथरी समाचारदाता 
मोरङको पथरीशनिश्चरे–१ मा आगामी पुस पहिलो सातादेखि मिनी महोत्सव लगायउने तयारी भएको छ ।
पथरी बजारको विभिन्न स्थानमा सडक लाइट र नपुगेको स्थानहरुमा सीसी टिभी क्यामरा राख्ने लगायतको उदेश्य राखेर महोत्सव लगाउन लागिएको आयोजक सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताए । महोत्सवको सह- आयोजकमा फुलबारी समाज र भुल्के समाज रहने स्थानीय रोशन हाङबाङ्गले बताए । पथरीको जाँते मोड स्थित फुटबल मैदानमा पुस -३ गतेदेखि २० दिनसम्म लाग्ने महोत्सवमा गायक राजेशपायल राई, एलिना चौहान, मेलिना राई, सुगम पोख्रेल लगायतसँग कुरा भइरहेको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा दैनिक गायक कलाकारहरुको साथमा रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन विभिन्न खेल सामाग्री रहने आयोजक समितिको निर्देशक मनि लुम्फूवा लिम्बूले बताए । महोत्सवबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किराँत मार्ग लगायतमा सडक बत्ती जडान र विभिन्न छ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव विकास राईले बताए । कार्यक्रम बारे जानकारी गराउन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा महोत्सवको ठेक्दार पर्वत लामा, स्थानीय युवाहरु देव साम्पाङ, दिपेश थापा, जोन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *