पथरीशनिश्चरे, मंसिर २८

पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिबाट सुचिकृत मेलमिलापकर्ताहरुको तीन दिने आधारभूत तालिमको दोस्रो दिन सम्पन्न भएको छ ।
पथरीशनिश्चरे नगरपालिका न्यायिक समितिको आयोजना भइरहेको तालिममा उल्लेख्यनीय उपस्थिति रहेको थियो । सोमबारदेखि मोरङको लेटाङमा स्थापित कृषि विकास बैंक तालिम केन्द्रमा तालिम भइरहेको हो । सहजीकरण अधिवक्ता वीरेन्द्र बस्नेत र बेलुकाको सेसनका वरिष्ठ अधिवक्ता गणेशराज लुइटेलले सम्हाल्नुभएको थियो । उजुरी प्रशासक एवं नगरका कर्मचारी विश्वमणि निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरका १० वटै वडाका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ । तालिमको भोलि समापन हुनेछ ।