पुस ५ मंगलवार

माेरङकाे रंगेली नगरपालिका ७ काे मुख्य बजारमा रहेकाे सूचना सम्वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेल रंगेलीले एक दिने आँखा शिवर सञ्चालन गरेकाे छ । रंगेली ३ स्थित रंजनी बजार RLG आँखा सँगको सहकार्यमा नेत्र विज्ञानको संस्थान तेज कोहली र रुत फाउन्डेसन तिलगंगा स्ट्रिनिङ अस्पताल तथा नेपाल आँखा अस्पताल तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको आयोजनामा साे आँखा शिविर भएकाे हाे ।
आँखा शिविरमा आँखा अस्पतालका श्याम सुन्दर मण्डल, राजेश केआर यादव, मनोज क्र. यादव , वर्षा पौडर लगायत डाक्टर हरुले वृद्ध, वृद्धा हरुकाे आखाँ जाँच गरेका थिए । उक्त शिविरमा रंन्जनि, आमताेला, दैलतपुर, लगायतका स्थिनिय हरुले शिरवरबाट फैदा लिएका थिए । १सय ६५ जनाले आँखा जाँच गराउनुका साथै ४० जना मोतियाबिन्द बिरामी हरुलाई निशुल्क अप्रेशनको लागी तेज कोहली एण्ड रुइत फाउण्डेशन आर्थिक सहयोगमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरमा निःशुल्क अप्रेसन गरिने व्यवस्था गरेकाे संस्थाका अध्यक्ष सिनाेद झा, सचिव सराेज कुमार साह लगायतकाे समेत उपस्थित रहेकाे थियाे ।