पुस ६ बुधबार
रबिन्द्र बराल

राजवंशी समाज विकास समितिले आफ्नो स्थापनाको २९ औं वर्ष पुरा गरी ३० औं वर्षमा प्रवेश गरेको अवसरमा राजवंशीहरूको भाषा, कला, संस्कृति र मौलिक परम्परा झल्कने गरी विभिन्न कार्यक्रम सम्पन गरेकाे छ ।

माेरङ र झापाका राजवंशी समुदायले आफ्नाे स्थपाना दिवसकाे अवसर पारेर सुनवर्सि नगरपालीका ५ स्थित भेडुवा स्थानमा कार्यक्रमकाे आयाेजना गरेकाे हाे । नेपालको झापा, मोरङ र सुनसरी लगायतका जिल्लामा आदिम काल देखि बसोबास गर्ने राजवंशी जातिको छुट्टै भाषा, धर्म कला संस्कृति, भेषभुषा तथा विशिष्ट मौलिक परम्परा लाई लाेप हुन नदिने उदेश्यका साथ सिरुवा, घाटोसरी डोलपावनी गरूवासी भक्का दिवस लगायतका पर्व हरु समेत राजवंशी समुदायले मनाउदै आएका छन ।
कार्यक्रमकाे प्रमुख अतिथि अभय राजवंशी, समाज सेवी आमोद राजवंशी, अधिवक्ता राजकुमार राजवंशी, अनुरोध फाउण्डेसन अध्यक्ष सपना राजवंशी र राजवंशी समाज बिकास समिति उपाध्यक्ष बद्री नारायण राजवंशी लगायतकाे उपस्थित रहेकाे थियाे । कार्यक्रमा राजवंशी गितमा नृत्य गर्नुका साथै झाकि समेत देखाएका छन ।