९।पुस
मोरङको पथरी शनिश्चरे ८ केर्खा टोल घर भएकी अस्मिता लिम्बुको रोटेपिङ खेल्ने क्रममा लडेर मृत्यु भएको छ । पोखराको औद्योगिक मेलामा रोटेपिङ खेल्ने क्रममा लडेर घाईते उनको गण्डकी मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी कोरिया जाने सपना बोकेर कोरियन भाषा अध्यायन गरिरहेकी थिईन । अस्मिता सँगै दिदीहरु रुबिना उनकी ४ बर्षकी छोरी र कोपिला समेत लडेर घाईते अबस्थामा रहेका छन । पोखराबाट पथरी फर्किने टिकट काटेकी अस्मिता औद्योगिक मेलामा दिदीहरु सँगै मेला भर्न गएकी थिईन ।
अस्मिताकी दिदी रुबिना पोखरामा बस्दै आएकी थिईन । दिदीकोमा गएकी अस्मिता लडेर घाईते भएपछि मेला आयोजकले १२ लाख बढी उपचारमा खर्च गरेको र परिवारको माग बमोजिम २० लाख रकम दिएको आयोजक पोखरा उद्योग बाणिज्य संघका महासचिब बलराम आचार्यले जानकारी दिएका छन ।