चाेरी तस्करी गर्ने नपाउदा तस्कर हरु भागा भाग ।थारु पाेर्टल

Spread the love
पुष १२ मंगलबार
रबिन्द्र बराल
माेरङकाे रंगेली , डाईनियाँ,सिक्टि,मायाँगन्ज,साेराभाग,कर्सिया, नाेचा, चाेप्राह, लगायतकाे सिमाक्षेत्रमा नेपाल प्रहरी र ससस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा वनाइए पछि सिमानाका वाट हुने चोरी तस्करी नियन्त्रणमा आएको छ ।
प्रहरीले सिमावर्ती नाकामा उच्च शर्तकता अपनाउदै सुरक्षा व्यवस्था कडा बनाए पछि सबै नाकाबाट चोरी तस्कारी नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय रंगेलीको मातहतले २६ किलोमिटर नेपाल भारतको सिमानाका जोडिएको छ । सो नाकामा नेपाल प्रहरीको आधादर्जन भन्दा वढि प्रहरी चौकी रहेका छन । नेपाल प्रहरी र सशत्र प्रहरीले सिमानाकामा २४ घन्टा डयुटि गरेपछि चोरी तस्करी नियन्त्रण तथा लागुओैषध ओसार पाेसार मा समते नियन्त्रणमा आएकाे स्थानीयले बताए ।
साे क्षेत्रकाे शान्ती सुरक्षमा समेत सुधार आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक शैलेश न्यौपाने ले बताएका छन । प्राय प्रहरी चौकीमा आवश्यता अनुसार प्रहरीको दरवन्दि छैन । थाेरै संख्यामा प्रहरी भएता पनि उनी हरुलाई परिचालन गरि आफुले सिमानाका वाट हुनसक्ने कुनै पनि प्रकारको अवान्छित गतिविधी हुन नदिएको न्याैपाने ले बताएका छन । यस आर्थिक बर्ष श्रावण महिन देखि ईलाका प्रहरी कार्यलय रंगेली ले खाद्यान्न ,लत्ताकपडा ,गाई, गाेरु लगायत बाट ३० लाख बराबरको राजस्व उठाएकाे छ ।
सिमानाकामा नेपाल प्रहरी तथा सशत्र प्रहरी अहोरात्र खटि रहने भएकाले चोरी तस्करी हुन लागेका लाखौ मुल्यका समान आफुहरुले पक्राउ गरेको प्रहरी निरिक्षक न्यौपाने ले बताए । सिमानाका संग रंगेली, डायनिया, कर्सिया, दादरवैरिया , वेतौना, कदमाहा तथा रामचौक लगायतका नेपाली वजार जोडिएका छन । सो वजारका नाका भएर केही वर्ष अघि खादान्न , कृषि उपज तथा पशुचौपाया लगायतका वस्तुहरु तस्करी हुने गरेपनि अहिले आएर सवै प्रकारका तस्करी नियन्त्रणमा आएको स्थानिय ले बताए । इलाका प्रहरी कार्यालय रंगेली मातहतका सवै नाकामा नेपाल प्रहरी र सशत्र प्रहरीले चौविशै घन्टा गश्ति र निगरानी गर्ने गरेकाले पनि तस्करी नियन्त्रणमा आएको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *