पथरीमा २२ जना सेवा निवृत्त शिक्षक सम्मानित ।थारुपाेर्टल

Spread the love
पथरी समाचारदाता,
पुस-१५ 
 नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे मोरङले आज नगरका २२ जना सेवा निवृत्त शिक्षक/कर्मचारीलाई सम्मान गरेको छ । सेवा निवृत्त जीवन सुःख, शान्ति, सु–स्वास्थ्य र समाजिक कार्यमा बितोस् भन्ने कामनासहित सम्मान पत्र, दोसल्ला र टिका लगाएर सम्मान गरेको हो ।
भगत थपलिया, रुपनारायण भट्टराई, डिल्लिराम दाहाल, सोमनाथ निरौला, जंगबहादुर कार्की, भीमप्रसाद लुइटेल, शारदा खड्का लगायत रहेका छन् । कार्यक्रममा लामो समय शिक्षक पेशामा काम गरेर देहान्त भएका दुर्गा विक र धलबहादुर मगरलाई मरणोप्रान्त सम्मान गरिएको छ । विकको सम्मान सामाजिक सेवाका क्रियाशील पत्नी कृष्णकुमारी विकलाई प्रदान गरिएको थियो । नगरमा रहेर २०७८ देखि २०७९ मंसिरसम्म निवृत्त भएका शिक्षक कर्मचारीलाई सम्मान गरेको महासंघले जनाएको छ ।
प्रदेश सरकारबाट नमूना घोषित पञ्चायत माविका प्रधानाध्यपकसमेत रहेका नेपाल शिक्षक महासंघ पथरीशनिश्चरे नगर समितिको अध्यक्ष अर्जुनकुमार बुढाथोकीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले सम्मानित निवृत्त शिक्षकहरुलाई बधाई दिदै नगरमा हुने शैक्षिक समस्याहरु संयुक्त रुपमा समाधान गर्नुपर्ने बताए । कार्यक्रममा महासंघको मोरङ जिल्ला अध्यक्ष दामोदर सिग्देल, पथरीशश्चिरे नगरको शिक्षा विभाग प्रमुख उपसचिव शालिग्राम काफ्ले, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष रोहिणीप्रसाद घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष भरतबहादुर खड्का, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष घनश्याम ढकाल लगायतले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।
सम्मानित हुनेहरुको तर्फबाट भगतचन्द्र थपलियाले मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघ गठन भएदेखि हालसम्म भएको क्रियाकलापहरु अध्यक्ष अर्जुनकुमार बुढाथोकीले प्रस्तुत गरेका थिए । नगरमा हाल पाँच सय ९० जना शिक्षक कर्मचारी रहेको र कोरोना भाइरस विरुद्ध लड्न हरेक शिक्षकले ३ दिनको तलब संकलन गरेर ९ लाख ४१ हजार नगद पथरीशनिश्चरे नगरलाई बुझाएको लगायतको क्रियाकलाप प्रस्तुत गरेका थिए । शिक्षक विकको परिवारबाट पञ्चायत माविलाई ५० हजारको चेक हस्तान्तरण दिगंवत शिक्षक दुर्गाबहादुर विकको परिवारबाट गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रा वृत्ति प्रदान गर्ने उदेश्यले आजै पञ्चायत माविलाई ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।
विककी पत्नी कृष्णकुमारी विकले पञ्चायत माविका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकीलाई हस्तान्तरण गरेका हुन् । चेक बुझने क्रममा प्र‍‍अ बुढाथोकीले विद्यालयले तत्काल छात्रा वृत्तिको रुपमा बैंकमा जम्मा गरेर ब्याजबाट बार्षिक रुपमा अक्षकोष दाताको उपस्थितिमा वितरण गरिने बताए । दिगंवत शिक्षक दुर्गाबहादुर विक लामो समय पञ्चायत माविका काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *