२०।पुष।कानेपाेखरी
विद्यानन्द चाैधरी

प्रदेश १ बाट कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गको प्रतिनिधित्व गर्दै ईन्दिरा थापा गण्डकी प्रदेशको सुन्दर पर्यटकीय नगरी कास्कीको पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ सम्म सञ्चालन हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कानेपोखरी ६ निवासी तथा कानेपाेखरी आईटिफका प्रशिक्षक गुरु इन्दिरा थापाले रजत पदक दोश्रो स्थान जितेकी थिईन उनले (४०-५०केजी तौल समूह अन्तर्गतको खेलमा दाेस्राे स्थान ल्याएर कानेपाेखरीकाे नाम राख्न सफल भएकी छिन । त्यसै अवसरमा प्रदेश न १बाट प्रदेश सरकारले पुस १९गते सुनसरीकाे इटहरिमा एक कार्यक्रमकाे आयाेजना गरी
नवाै राष्ट्रिय खेलमा मेडल जित्ने खेलाडीहरुलाइ नगद पुरस्कार सहित समान कार्यक्रम गरेकाे छ ।जसमा कानेपाेखरी ITFतेक्वान्डाे डाेजाङ कि खेलाडी प्रशिक्षक इन्दिरा थापालाई पनी सम्मान गर्दै नगद रु ७५हजार खेलमा थप उर्जा मिलाेस भन्ने उदेशयले याे सम्मान गरिएकाे जानकारी ITFतेक्वान्डाे डाेजाङका माेरङ्ग अध्यक्ष तथा कानेपाेखरीमा प्रमुख युवराज भुजेलले थारु पाेर्टललाई जानकारी दिनु भयाे ।
थापा एपिएफ, कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई हराउँदै उनले उपाधी जितेकी हुन । छाेटाे समयमा कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गले धेरै प्रगती गरिरहेकाे र निकट भविष्यमा कानेपाेखरीलाई खेलकाे माध्यमबाट राष्ट्रयमा मात्र हैन अन्तराष्ट्रयमा कानेपाेखरीलाई चिनाउने उदेश्यरहेकाे जानकारी कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गकाे प्रमुख युवराज भुजेलले जानकारी दिनु भयाे ।