पुष २३

माेरङकाे सिमाक्षेत्रमा बर्षेदेखि स्थापना भएका छाेटी भन्सार हरुमा कर्मचारी हरु नहुदा बन्द भएका छन । लामो समय देखी बन्द रहेकाे छोटी भन्सार संचालन मा नआउदा साना व्यवसाय संचालन गरेर आफ्नाे जिवन यापन गर्दै आएको व्यपारी हरुलाई समस्या भएको छ ।
सिमा नाकामा कडाई हुन थालेपछि साना व्यावसाय संचालनगर्दै आएका व्यवसायी लाई मुखहात जाेडन थप समस्या भएको हो । मोरङ जिल्लामा ६ वटा छोटी भन्सार रहेका छन । जस मध्ये रंगेली छाेटी भन्सारमा दुई बर्ष अगाडि सरकार ले लाखैा रुपयाँ खर्च गरेर दुई तल्ले भन्सार कार्यलय नवनिर्वित बनाएता पनि त्याे भने प्रयाेग बिहिन भएकाे छ । धनपालथानमा रहेकाे मायागन्ज छाेटी भन्सार मात्रै सन्चालनामा रहेकाे छ ।
सुनवर्सिकाे सिक्टि छाेटी भन्सार समेत बन्द रहेकाे छ ।पुर्वी मोरङका व्यावसायी हरुले भारतिय वजारवाट नेपाली बजारमा आलु,प्याज, हरियाे साज सव्जि लगायत विक्रिमा ल्याउने गरेका छन । तर अहिले सिमाक्षेत्रमा हुने चाेरी तस्करीमा कडाई हुन थालेपछि साना व्यपारी हरुले भन्सारमा कर्मचारी पठाउनका लागि आग्रह समेत गरिरहेका छन । सुनवर्सी नगरपालिका–५ का तरकारी व्यवसाय संचालन गर्दै आएका उपेन्द्र महत्तोले भने सिमा रहेकाे सिक्टि भन्सार कार्यालयमा कर्मचारी नहुदा आफू हरुकाे राेजिराैटिनै गुमिसकेकाे र घर परिवार पालनपाेषण गर्ने समेत समस्या समेत परेकाे उनले बताए ।

भन्सारहरुमा कर तिर्ने उचित व्यवस्था नभएकाले आफुहरुलाई समस्या भएको समेत महत्ताेकाे भनाई रहेकाे छ । भारतिय वजार वाट साना तिना ब्यपारी हरुले १० देखि १५ हजारको खादा्रन्न सामान ल्याउन खोज्दा प्रहरीले कडाई गर्ने अर्कोतिर भन्सारमा कर तिर्ने उचित व्यवस्था नभएकाले मारमा परेको समेत बताए । प्रहरीले सिमा नाकामा कडाई गरेपछि जिवन धान्न समेत समस्या भएको रंगेली का व्यपारी हरुले बताए ।
मोरङ जिल्लाको भारतसंग ३६ किलोमिटर सिमा जोडिएको छ । चोरी तस्करी नियन्त्रणगर्न नेपाल प्रहरी तथा सशत्र प्रहरीले कडाई गर्न थालेको छ । यस्तो अवस्थामा साना तिना सामान ल्याउदा भन्सार तिर्नका लागी २६ किलोमिटर टाडा रहेको विराटनगर रानी भन्सार जान संभव नहुने महत्तोको भनाई रहेकाे छ । माओवादी द्धन्दकाल पछि केही समय खुल्ला रहेता पनि काेराेनाकाे समय देखि वन्द अवस्थामा रहेका भन्सार नाका संचालनमा नआउदा चोरी तस्करी मौलाउदै आएको थियाे। यसरी लामो समयदेखी वन्द रहेका छोटी भन्सार संचालन गर्न स्थानिय सरकाको पनि ध्यान जानुपर्ने देखिन्छ । नेपाल प्रवेश गर्ने नाकाहरुमा उपयुक्त सडक तथा पुर्वाधार रहदा समेत छोटी भन्सार संचालनमा नआउदा व्यपारी हरु समस्यामा परेका छन ।