कानेपोखरी, पुस २३।

मोरङ कानेपोखरीमा ६ रमाइलोमा रहेको रमाइलो जनएकता सहकारी संस्था लिमिटेडको एकीकरण पश्चातको पहिलो साधारण सभा र चुनावी अधिवेशन यहि पौष २३ गते शनिबार हुँदैछ ।
चुनावको माहोल तात्तिरहँदा दुई फरक पार्टिगत धार चुनावी प्रतिस्पर्धामा उत्रीएको छ । नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनमा साझा उम्मेदवार अध्यक्षका प्रत्यासी दान बहादुर बस्नेतको एउटा टिम रहँदा नेपाली काङ्ग्रेस समर्थित त्रिभुनाथ फुयल सहितको अर्को टिम चुनावमा लडिरहेको छ । बस्नेतको प्यानलमा उपाध्यक्ष हरिप्रसाद अधिकारी, महिला उपाध्यक्षमा यसोदा लिम्बू र सचिव पदका लागि अम्बिकाप्रसाद अर्याल लगायत रहेका छन भने फुयलको प्यानलमा क्रमशः शुष्मा कार्की, राजेश कार्की उपाध्यक्ष र सचिवको उम्मेदवार रहेका छ्न ।
यसरी विभिन्न पदको उम्मेदवारी हेर्दा सहकारी क्षेत्रमा पनि राजनीति प्रभाव परेको प्रष्ट देख्न सकिन्छ । अध्यक्षको उम्मेदवार बस्नेत कानेपोखरी गापाको पुर्व पार्टी अध्यक्ष र हाल जिल्लाको सदस्यको रुपमा साथै एमालेको तल्लो कमिटिमा समेत रहेर राजनीतिक तथा सामाजिक कार्यमा संलग्न छ्न भने फुयल पनि नेपाली काङ्ग्रेसको क्षेत्रिय महाधिवेशन प्रतिनिधि लगायत नेपाली काङ्ग्रेसको विभिन्न पदमा रहेर राजनीति तथा सामाजिक कार्य अघि बढाइरहेका छ्न । दुवै प्यानलका उम्मेदवारहरुले ‘हामी पार्टीबाट पर रहेका छौं हाम्रो उम्मेदवारी पार्टीको नेता, कार्यकर्ता, प्रतिनिधिको हिसाबले नभएर स्वतन्त्ररुपले सहकारीको विकास र उन्नतिका लागि मात्र हो, भनिरहँदा उम्मेदवारहरुको उम्मेदवारी हेर्दा भने पुर्ण रुपले पार्टिगत धारलाई आत्मसात गर्दै चुनावतर्फ गएको स्पष्ट हुन्छ ।
तर, उम्मेदवारहरु भने स्वतन्त्ररुपले चुनावी प्रतिस्पर्धामा उत्रिएको दाबी गरिरहेका छ्न । यस संस्थामा करिब ११ हजार सेयर सदस्यहरु रहेका छ्न । केही सेयर सदस्यहरुले चुनाव स्वतन्त्र रुपले नभएर पार्टीगत चुनावी माहोल भएको गुनासो व्यक्त गरिरहेका छ्न । यसअघिनै सहसचिवमा कुमार फुयल, कोषाध्यक्षमा पर्शुराम खतिवडा र लेखा संयोजकमा एविन पाठक सर्वसम्मत चयन भइसकेका छ्न ।