वडा नं. २, ३ र ४ मा पशुपन्छी पालन तालिम समापन ।थारु पाेर्टल

Spread the love
 पुस -२३ ।
पथरी समाचारदाता
 कृषककाे मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम आज पथरीशनिश्चरेको ३ वटा वडामा समापन गरिएको छ ।
पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा वडा नं. २, ३ र ४ मा तालिम समापन गरिएको पशुपन्छी शाखा प्रमुख पर्वत साहले जानकारी दिनुभयो । वडा नं. २ मा वडा अध्यक्ष नैना राई, वडा नं. ३ मा विजय लिम्बु र वडा नं. ४ मा लोककिरण न्यौपानेको अध्यक्षतामा तालिम समापन गरिएको थियो । वडा नं. २ मा नगर उप–प्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *