पुस-२४
समाचारदाता

नेपाली भाषी भुट्निज समुदायले प्रवासमा बसेर हाम्राे नेपाली भाषा- लिपि धर्म संस्कार- संस्कृति गीत- सङ्गीत जगेर्ना गर्नका लागि विदेश रहेर पनि गीत सङ्गीतलाई स्वदेश र विदेशमा प्रचार गरिएको साे भिडियाेका अमेरिकामा बस्दै आएका प्राेड्युसरसहित रहेका कृष्ण गुरूङले बताएका छन्।
“कहाँ होलिन्,कस्ती होलिन्,पूर्ण चन्द्रमा जस्ती होलिन्…..” बोलको लोक आधुनिक नेपाली गीत हालै सार्वजानिक गरिएको छ। सिडी विजय अधिकारीको एकल स्वरमा सजिएको उक्त गीतमा कृष्ण गुरुङ, आशिष्मा नकर्मी, मित्र घले,मुना सिंहले तारिफयाेग्य अभिनय गरेका छन्।
सन् २०२३ जनवरी ६ तारिखका दिन गायक तथा संगीतकार अधिकारीले आफ्नै युट्यूवमार्फत दर्शकहरूमाझ सार्वजानिक गरेका हुन्। सुमधुर नेपालीपन र मौलिकता सहितको माेइलिङमा म्युजिक कम्पोजिसन रहेको सो गीतको शव्द- रचना अभिनाश भट्टराईले गरेका छन्।विसम आचार्यले म्युजिक एरेन्ज गरेको सो भिडियो गीतमा मिक्सिङ् राजु कार्की र रेकडिङ्ग केदार उप्रेतीको रहेको छ। अमेरिकामा हाल बसोबास गर्दै आएका प्रोड्युसर समेत रहेका मोडल कृष्ण गुरुङले गीतको रेकर्डिङ नेपालमै गराएका हुन् भने ,भिडियो सुटिङ चाहिँ अमेरिकाका विभिन्न शहरहरुमा गरिएको मोडल गुरुङको नेपालका लागि समाजसेवी पथरीशनिश्चरे -१०का गणेश थक्लुङ लिम्बूले जानकारी दिए।