रमाइलो जनएकता साकोसको अध्यक्षमा त्रिभूनाथ (सन्ताेष) फुयल१४सय१४ बढी मतको अन्तरले बिजयी विजयी ।थारु पाेर्टल

Spread the love

२५।पुष 

कानेपाेखरी

मोरङको कानेपोखरी–६,  रमाइलोमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा त्रिभूना फुयल(सन्तोष) पुस २३गते चुनावी साधारणसभा बाट  बिजयी भएका छन् ।

 

सोमबार बिहान मत गणना सम्पन्न भएको थियो । अध्यक्षमा त्रिभूनाथ फुयलले ३४सय७२ मत ल्याएका थिए भने अध्यक्षका प्रतिद्वन्द्वी दानबहादुर बस्नेतले २हजार५८ मत ल्याएका थिए । अध्यक्षपदमा फुयलले १४सय१४ बढी मतको अन्तरले बिजयी भएको हो ।त्यसैगरी खुल्ला उपाध्यक्षमा सुनिलदत्त अधिकारीले २५सय०२ मत ल्याई विजय भएका छन् । उपाध्यक्षको  हरि प्रसाद अधिकारीले २४सय५० मत ल्याएका थिए ।त्यसैगरी महिला उपाध्यक्षमा शुष्मा कार्कीले २४सय२७ मत ल्याएर बिजयी भएकि छिन् । महिला उपाध्यक्षका प्रतिद्वन्द्वी यसोद्या लिम्बुले २३सय५२ मत ल्याएका थिए । सचिवमा राजेश कार्कीले २२सय६० मत ल्याएर बिजयी भएका छन् । अम्बिका अर्यालले १५सय४२ र डिल्लीप्रसाद ओझाले १हजार८८ मत ल्याएका थिए । सचिव पदमा तीन जनाले उम्मेद्वारी दिएका थिए ।

 

त्यसैगरी खुल्ला सदस्यमा अशोक फुयल २४सय१७ मत, एकराज फुयलले २१सय४२ मत, रत्नबहादुर काफ्लेले १९सय५० मत, सुनिल पराजुलीले १७सय०३ मत र मनोज अधिकारीले १६सय१५ मत ल्याएर विजयी भएका छन् । खुल्ला सदस्यमा ५ पदको लागि १३ जनाले उम्मेद्वारी दिएका थिए ।

 

त्यसैगरी महिला सदस्यमा होमा पराजुलीले २७सय२२, रेजिना ठकुरीले १८सय८४ मत, तारा ओझाले १७सय४६ मत र सरस्वती चौधरीले १७सय११ मत ल्याएर बिजयी भएका छन् । महिला सदस्यमा ४ पदका लागि ९ जनाले उम्मेद्वारी दिएका थिए । संस्थाको सहसचिवमा कुमार फुयल र कोषाध्यक्षमा पर्शुराम खतिवडा, लेखा संयोजकमा एविन पाठक र लेखा सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *