माघ।१
प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् ।
किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज (आइतबार) पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा माघे संङ्क्रान्ति कार्यक्रममा सो कुरा बताएका हुन् । किरात नाम साम्प्रदायिक नभएर कैलाश, कैरातहुँदै किरात भएकोले यो नामले प्रदेशबासीको भावना समेटिने तर्क प्रस्तुत गरे ।
किरात इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा प्रस्ताव गरिएको भन्दै १ नं. प्रदेश सभा र सरकार तयार हुनुपर्ने नेताहरुले बताए । बक्ताहरुले रेशम चौधरीको बिनासर्त रिहाइ गरिनुपर्ने बताएका छन् । प्रधानमन्त्री र पूर्ब प्रधानमन्त्रीहरुकै भनाइ अनुसार रेशम चौधरीलाई हालसम्म अन्यायपूर्ण रुपमा थुनामा राखिएको बक्ताहरुको भनाइ थियो । कैलालाी घट्ना स्थलमा रेशम चौधरी नभएको लाल आयोगको प्रतिवेदन लुकाएर राज्य आफैले चौधरीलाई अन्याय गरेको बक्ताहरुको आरोप थियो ।
कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले छोटो शुभकामना दिने क्रममा नेपाल सबै जातजातिको साझा फूलबारी भएकोले एक आपसमा प्रेम भाव र सबैको भावनाको इज्जत, सम्मान गर्नुपर्ने बताए । नगरमा भएका सम्पूर्ण जातजाति र भाषाभाषीको बिकासको लागि पथरीशनिश्चरे नगरपालिका तयार रहेको प्रमुख तुम्बापोको भनाइ थियो । कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय उपमहाचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम, १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतले शुभकामना मन्तब्य राखेका थिए । यायोक्खा पथरीशनिश्चरे नगर समिति अध्यक्ष प्रेम वाम्बुले राईको सभापतित्वमा भएको कार्यक्रममा प्रथम हाङ यलम्बरको मूर्तिमा मालाअर्पण, हण्डिफोर, म्युजिकल चेयर्स, बेलुन फुटाइ खेलमा प्रतिस्पर्धा गराउनुको साथै बृद्धाबद्धालाई सम्मान, चियापान र साकेला नृत्य प्रस्तुत भएको थियो ।
हण्डिफोर खेलमा गजेन्द्र राई, म्युजिकल चेयर्समा कला राई र बेलुन फुटाइ खेलको प्रथमहुने बिकिसा राईलाई पुरस्कार प्रदान गरिएको थियो । सचिव निर्माला राईले सञ्चालन गरेको कार्यक्रमा उपाध्यक्ष प्रेम चाम्लिङ राईले स्वागत गरेका थिए । यसैवीच आजै किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा अध्यक्ष जीवन हाताचो राईको सभापतित्वमा निर्वाचित संघीय तथा प्रदेश सभा सदस्यहरुलाई सम्मान गर्दै यले नयाँ बर्ष मनाएका छन् । राई समुदायबाट बिजेता सांसदहरुलाई सम्मान पत्रले सम्मान गर्नुको साथै प्रदेश १ को नाम किरात राख्न वातावरण बनाउन अनुरोध गरिएको यायोक्खा महासचिव भीम राईले बताए ।
