माघ।१ गते

माेरङ्गकाे पथरीशनिश्चरे-१ मा रहेको मनाेहर हाेटल एण्ड पार्कमा अन्तिम महिनामा निरन्तर गरिने साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। पार्ककाे कवि कुञ्जमा बसेर स्थानीय स्रष्टाले आफ्ना- आफ्ना प्रतिभालाई प्रस्फुटन गराउने सुअवसर प्राप्त गरे। स्थानीय स्रष्टाहरूले समसामयिक कविता,गीत,गजल,मुक्तक र हाइकु जमेरै प्रस्तुत गरेका थिए।
प्रस्तुत गर्ने स्रष्टाहरूमा लक्ष्मीप्रसाद फूयाँल, प्रेम कट्टेल, भवानी दुलाल, जितबहादुर बस्नेत ,कृतिका लाखे,भूमिप्रसाद पाठक र नेपाल ललितकला प्राज्ञ सदस्य सराेजा खड्गी लगायतकाे उपस्थित रहेको थियाे। साेही कार्यक्रममा नवप्रतिभालाई प्राथमिकता आधारमा आफ्ना प्रतिभालाई प्रस्तुत गर्न दिईने एभरेष्ट आर्ट फ्युजनका अध्यक्ष भूमिप्रसाद पाठकले बताएका छन्। साेही कार्यक्रमकाे अध्यक्षता सिर्जना चाैतारी साहित्यका अध्यक्ष लक्ष्मीप्रसाद फूयाँलले गरेका थिए।