माघ।२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले १२ बटा जिल्लाकाे ४० स्थानमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने साथ उक्त कार्यक्रम गर्दे आईरहेकाे छ ।
कार्यक्रम अन्तर्गत रंगेलीमा समेत एक दिने स्थानिय स्तरीय संग अन्तक्रिया कार्यक्रममा गरेकाे हाे । कार्यक्रमा भ्रष्टाचार नियन्त्रणमा गरी सुशासन प्रवर्द्धन गर्ने र स्थानीय तहमा हुने भ्रष्टाचार एवंम उजुरीको प्रवृत्तिको विषयमा सचेतना अभिवृद्धि गराउने उदेश्यका साथ कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।
एकीकृत प्रयास विना भ्रष्टाचार उन्मूलन हुन सक्दैन सवैको सहयोग, सहकार्य, समन्वय, र प्रतिवद्धताको आवश्यक समेत रहेकाे सहभगी हरु लाई जानकारी समेत गराएका छन । भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रवर्द्धनका लागि भावी कार्यदिशा कस्ले गर्ने सार्वजानिक पदाधिकारीले नागरिक निगरानी संस्था, संचार क्षेत्र र नागरिक समाज र तीनै तहका सरकार ले जिम्मेवार र जवाफदेहिता मा अभिवृद्धि र कानूनको परिपालना र सो को सार्वजनिक निकायबीचको समन्वय, सहकार्य आवस्यक समेत रहेकाे जानकारी गराएका थिए ।
उजुरी हाल्न चहाने व्यक्तिले शिक्षक भर्ना / खरिद कार्य / सार्वजनिक निर्माण कार्यमा अनियमितता, बढि बिद्यार्थी देखाई पाठ्यपुस्तकमा, दिवा खाजामा छात्रवृत्तिमा अनियमितता, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशु, लगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग, नियमको पालना नगरेकाे बिषयमा समेत उजुरी हाल्न सक्ने जानकारी गराएका थिए । अख्तियारमा रंगेली नगरपलिका काे उजुरी समेत परेकाे जानकारी समेत गराएका छन ।
औषधि, उपकरण, जिन्सी सामान खरिदमा अनियमितता , अस्पतालमा कार्यरत कर्मचारी ले दोहरो सेवा सुविधा लिने गरकाे, सार्वजनिक खरिद ऐन विपरित (बोलपत्र ) गरेकाे आफ्नो मान्छेलाई ठेक्का दिएको , नियम विपरित कर्मचारी नियुक्ति गरेकाे , त्यसैगरी विना टेन्डर प्रक्रिया मिचेर आफन्तलाई काम गर्न दिएको, सरकारी / सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको राजिनामा लिखत पास गर्दा राजश्व छली गरेको र बाटो भएको जग्गालाई नभएको घरबाटो सिफारिस गरी पदको दुरुपयोग गरेको बिषयमा उजुरी समेत परेकाे जानकारी गराएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी शाखाका उपचसिव निरज कुमार देव,नापी अधिकृत रामकलेश मंण्डल र राधा कृष्ण नेपालले भ्रष्टचारका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा रंगेली नगरपालिक मेयर दिलिप बगडिया, उपमेयर भुमा पराजुली, बडा अध्यक्ष, सदस्य तथा ईन्जिनियर, बिधालयका प्रध्यानध्यापक, बुद्धिजिवी, समाजसवी लगायतकाे समेत उपस्थिति रहेकाे थियाे ।