माघ।२ कानेपाेखरी माेरङ्ग
विद्यानन्द चाैधरी
थारूहरू परमपरागत हिसावले कृषिमा निर्भर पर्ने भएको र उनीहरू असार साउनमा राेपेकाे वाली माघ महिनामा भित्र्याउने गर्थे ।तर समय परिवर्तन सगै थारुहरुपनी परिवर्तन हुदै आएकाे छ ।पुसमा सबै काम सकेर माघमा नयाँ अन्न खाने गरिन्थ्यो, जसका कारण थारू समुदायले प्रमुख चाडका रूपमा मनाउँदै आएको माघीलाई नयाँ वर्षका रूपमा पनि मनाउन थालिएको छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । यो माघ महिनाको पहिलो दिन मनाइन्छ ।
माघीको दिन बिहानै भाले बासेको पहिलो प्रहरमा सम्पूर्ण गाउँका मानिस सामूहिक रूपमा नदीकाे दाेभानमा गई काेई सँग नबाेली नुहाउन जान्छन् र नुहाई सकेपछि तिलकाे डाकलाकाे घुर वालेर तापने वा धुवा लगाउने तिलकाे खरानीकाे टिका लगाउने प्रचलन माेरङ्ग कानेपाेखरीका थारुहरुकाे चलन रहेकाे छ । माघिकाे दिन घर आगन गाेवरले लिप्ने सरसफाई गर्ने ईनारकाे पानी ल्याएर कुल देवताकाेठा सर सफाई गरेर भुजाकाे र तिलकाे लडुडु सुठुनी माछा चिचरी भात आदि विविध खानाकाे परिकार पकाएर कुल देवतालाई चढाएर मात्र खाने प्रथा रहेकाे छ ।
आफन्तहरुलाई बाेलाउने माया स्नेह सदभाव साटा साट गर्ने रमाईलाे भेटघाट समेत हुने गर्दछ ।थारु जातिको आफ्नो पहिचान बोकेको महान् राष्ट्रिय पर्वलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी भन्ने गरिन्छ । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकालदेखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँवर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा तथा आफ्ना दिदीबहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ ।थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरेको छ । पुस २९ गते थारु सम्वत २६४० सकिएर माघ १ गते थारु सम्वत २६४१ सुरु भएको छ ।
कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मेपछि मरीहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने पनी गर्दछन् ।थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । माघीको पहिलो हप्ताभित्र घरका सबैजना बसेर घर व्यवहार बारे छलफल गर्ने गरिन्छ । जस्तैः खेत जोत्ने वा छाड्ने, विवाह गर्ने कि नगर्ने, घरको काम गर्ने अगुवा कसलाई बनाउने, साहुमहार्जनको सँग व्यवहार गर्ने, आगामी वर्षको लागि योजना बनाउने गरिन्छ ।
माघी पर्वले थारु समुदायमा सामाजिक सहिष्णुता तथा समझदारी पूर्ण सम्बन्धको विकास गराउनुका साथै सवल एवम् सक्षम नयाँ नेतृत्वको चयन गर्ने सुअवसर प्रदान गर्दछ । छलफल प्रणालीबाट गाउँ विकासको योजना बनाइ सामुहिक हितका लागि सद्भाव बढ्ने गर्दछ । विभिन्न दैवीबाट बचाउन गुरुवाको व्यवस्था गरिने हुँदा सामाजिक परम्परा तथा संस्कारलाई जीवन्त राख्न मद्दत पुग्दछ किनकी थारु समुदायमा नाचिने विभिन्न नृत्यहरूमा गुरुवाको महत्वपूर्ण भूमिका रहन्छ । यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ त बनाउँछ नै नयाँ काम कारोबारको थालनी गरी व्यक्तिगत तथा सामूहिक विकासका पूर्वाधारहरू तयार पार्न उत्प्रेरणा जगाउने गर्दछ ।
सरकारी तथ्यांक अनुसार थारु जतिको जनसंख्या (२०६८) १५ लाख ३३ हजार सात सय ८९ रहेको छ । त्यसो त थारु कल्याणकारिणीसभाले थारु जातिको जनसंख्या करिब ३० लाख रहेको भनि दाबी गरिरहेको छ तर यस सम्बन्धमा कुनै ठोस प्रमाण भने छैन ।
स्थानीयस्तरमा थारु बस्तीरहेको गाउँ ठाउँमा माघी पर्व धुमधामसँग मनाउने गरिन्छ । यसलाई अझ भव्य र व्यापक रूपमा मनाउनका लागि प्रचारात्मक अभियान चलाउन जरुरी देखिन्छ । केवल थारु जातिमा माग सीमित नराखी अन्य जातिसँग सहकार्य गरी व्यापक रूपमा मनाउन उत्तीकै जरुरी छ । यस्ता चार्डपर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । तर यसको उचित संरक्षण र प्रर्वद्धनका लागि सरकारी स्पष्ट नीति हुनु जरुरी छ ।
ताकी लोप हुने अवस्थामा गुज्रिन नपरोस् । यस्ता संस्कृति पराम्पराको संरक्षणमा टेवा दिनु आज सबै पक्षको समान जिम्मेवारी बनेको छ । अन्तमा महान् माघी पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूको उत्तरात्तर उन्नती, प्रगतिको कामनाका साथै देशको वर्तमान राजनैतिक द्वन्द्व सदाका लागि अन्त्य भइ दिगो शान्ति छाओस् भन्ने कामना गर्दछु ।
विद्यानन्द चाैधरी
कानेपाेखरी -२, दलेली ,थारु चाेक, माेरङ्ग