माघ-३ गते

माेरङकाे पथरी शनिश्चरे, पोखरा अवतरण हुन लाग्दा दुर्घटनाग्रस्त जहाजबाट ज्यान गुमाएका ७२ जनाप्रति तिनको सम्मानमा श्रद्धास्वरुप नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुको पथरी शनिश्चरे पथरी बहुमुखी क्याम्पस कमिटीले क्याम्पसको प्रमुख प्रवेशद्वारमा दीप प्रज्ज्वल गरेको
छ ।
हिजाे साँझ पौने ६ बजे आरम्भ गरिएको दीप प्रज्ज्वल कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्वापो, वडाध्यक्षहरू क्रमश: २,७ र ८ नैनासिंह राई, उद्धवराज बस्नेत, नवीनजंग कार्की, एमाले केन्द्रीय सदस्य युवराज बास्कोटा, शिक्षक नेता उपेन्द्र बस्नेत, युवा नेता राजु तिम्सिना, प्रदीपकुमार राईं, माओवादी निकट विद्यार्थी नेता कमल अधिकारीलगायत दर्जनौंको उपस्थिति रहेको थियो ।
माघ १ गते माघे संक्रान्तिका दिन काठमाण्डौँबाट पोखरा जाँदै गरेको यति एयरलाइन्सको जहाज अवतरण हुने बेलामा दुर्घटना भएको थियो । बिहानपख दुर्घटना भएको जहाजबाट ज्यान गुमाएकाप्रति श्रद्धाभावमा देशले शोक मनाइरहँदा अनेरास्ववियुले तिनको सम्मानमा श्रद्धास्वरुप यो दीप प्रज्ज्वलनको कार्यक्रम आयोजना गरेको हो । कस्तो विडम्बना हो यो ! बहुसंख्यक नेपालीले मनाउने चाडपर्वका दिन घटेको घटना
आकस्मिक, अप्रिय र भयंकर डरलाग्दो भएकोले अब आइन्दा यस्ता घटना घटन नदिन आवश्यक विषयवस्तुमा सरकारको सम्बन्धित निकायले गम्भीर अध्ययन गर्नुपर्ने अडान राख्दै थोत्रा मेशिनरी बाहनहरूलाई अविलम्ब थन्क्याउनुपर्ने कुरामा नगरप्रमुख तुम्बापो जोड दिए ।
आन्तरिक उडानको क्षेत्रमा देश तथा विदेशबाट भ्रमण गर्न आएका सवार सम्पूर्ण नागरिकको एकसाथ यो ठूलो संख्यामा मानवीय क्षति भएको यो पहिलो घटना हो । घटनाप्रति नतमस्तष्क स्थानीय जनमतको प्रतिनिधित्व अखिलले यो कार्यक्रम आयोजना गरेको विद्यार्थी नेता जनक पोखरेलले बताए ।