बोक्सीको आरोप लगाई मलमूत्र खुवाउने, नग्न पारी घुमाउने र कुटपिट गर्नेलाई ५ वर्षदेखि ८ वर्ष कैद ।थारु पाेर्टल

Spread the love
माघ। ५ बिहिवार
माेरङकाे रंगेली नगरपालिका ७ स्थित नगरपालिकामा मधेश केन्द्रित समाजमा विद्यमान हानिकार अभ्यासहरु बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोप लगायतका बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भएकाे छ ।
बर्षिक कार्यक्रम अन्तर्गत मधेशमा दिनप्रतिदिन बाल विवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सिको आरोप लगायत घटना हरु बडिरहेकाे बिषयमा आयोगका सदस्य सावित्रा कुमारी शर्मा, उप सचिव ओमकार साह, अधिवक्ता रुकमणि दाहाल ले वालविवहा, बहुविवहा लागायतका बिषयमा सहभागी हरु लाई जानकारी समेत गराएका थिए ।
कार्यक्रमा रंगेली नगरपालिका मेयर दिलिप वगडिया, उपमेयर भुमा पराजुली, सुनिता सिटाैला, देवन्ता राजवंशी, विभिन्न बिधालयका बालबालीका लगायत काे सहभागीता समेत रहेकाे थियाे । सहभागी हरु लाई बोक्सीको आरोपसम्बन्धी कसुर भएको, भइरहेको वा हुन लागेको थाहा पाउने जुनसुकै व्यक्तिले नजिकको प्रहरी कार्यालयमा लिखित निवेदन वा मौखिक सूचना दिनु पर्ने, घटना भए गरेको मितिले ९० दिनभित्र उजुरी दिनु पर्ने गर्नुपर्छ ।
बोक्सीको आरोप लगाई मलमूत्र खुवाउने, नग्न पारी घुमाउने र कुटपिट गर्नेलाई ५ वर्षदेखि ८ वर्ष कैद सम्म जरिवाना हुने समेत जानकारी गराएका थिए ।
Enter

Leave a Reply

Your email address will not be published. Required fields are marked *